advertisement

चट्याङ लागेकाे घाइतेहरुलाई अस्पताल ल्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको जनाइएको छ।

" /> म्याग्दीमा चट्याङ लागेर दुईको मृत्यु - Sarbocha Media

म्याग्दीमा चट्याङ लागेर दुईको मृत्यु

`

     २०७६ चैत्र ०२ गते ३:०३

म्याग्दी, चैत २ । म्याग्दीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा शनिबार राति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो ।

चट्याङ लागेर मृत्यु हुनेहरु छब्बीस वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजा रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुको बेनी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

advertisement

चट्याङ लागेकाे घाइतेहरुलाई अस्पताल ल्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?