भक्तपुर ०१ चैत । भक्तपुरमा टिपरले १८ महिने बालकलाई ठक्कर दिंदा मृत्यु भएको छ। भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं ९ स्थित जय ब्रम्हायणी ईट्टाभट्टामा माटो बोक्ने टिपरको ठक्करबाट सोही इटाभटामा काम गर्ने एक मजदुरको १८ महिने बालकको मृत्यु भएको हो।
बा ५ ख ७९७१ नम्बरको मिनी टिपरले बालकलाई शनिबार बिहान ठक्कर दिएको बताइएको छ । प्रहरीका अनुसार सर्लाही जिरायल घर भई हाल सोही इटाभटामा काम गर्ने बर्ष १९ को ईश्वर मोक्तानको छोरा १८ महिनाको शिशिर मोक्तानलाई टिपरले ठक्कर दिँदा मृत्यु भएको छ। घाइते बालकलाई मध्यपुर अस्पताल पुयाउने क्रममा मृत्यु भएको जनाइएको छ ।

टिपर चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं ९ च्यामासिंह बस्ने ४० वर्षीय श्याम फैजुलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।




