advertisement

त्यहाँ ठूला भेला र खेलकुदका कार्यक्रममा प्रतिबन्ध लगाउनेदेखि विद्यालय बन्द गर्नेसम्मका निर्णय गरिएको छ। कोरोनाभाइरस सङ्क्रमणको परीक्षण उपलब्ध गराउन विफल भएको भनेर ट्रम्प प्रशासनको व्यापक आलोचना भएको थियो।

" /> कोरोनाभाइरस : अमेरिकामा सङ्कटकाल घोषणा - Sarbocha Media

कोरोनाभाइरस : अमेरिकामा सङ्कटकाल घोषणा

`

     २०७६ चैत्र ०१ गते ४:५२

काठमाडौं, ०१ चैत । कोरोनाभाइरस सङ्क्रमण बढ्दै गएपछि अमेरिकामा ”सङ्कटकाल” घोषणा गरिएको छ । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण प्रकोप फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न ”राष्ट्रिय सङ्कटकाल घोषणा” गरेका हुन्।

अमेरिकामा १,७०१ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भइसकेको छ भने ४० जनाको कोभिड–१९ कै कारण मृत्यु भएको सरकारी तथ्याङ्क छ। ”सङ्कटकाल” घोषणा गरेपछि सङ्घीय सरकारले आपत्कालीन राहत कोषमा ५० अर्ब अमेरिकी डलर जोहो गर्न सक्नेछ।

उक्त कदमले स्वास्थ्यसेवामा विद्यमान प्रावधानलाई खुकुलो पारिदिएको छ। यसबाट चाँडो परीक्षणको गति बढ्नेछ। अमेरिकाका विभिन्न राज्यले सङ्क्रमणको दर नियन्त्रण गर्न विभिन्न उपाय अवलम्बन गरेका छन्।

advertisement

त्यहाँ ठूला भेला र खेलकुदका कार्यक्रममा प्रतिबन्ध लगाउनेदेखि विद्यालय बन्द गर्नेसम्मका निर्णय गरिएको छ। कोरोनाभाइरस सङ्क्रमणको परीक्षण उपलब्ध गराउन विफल भएको भनेर ट्रम्प प्रशासनको व्यापक आलोचना भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?