advertisement

नेपालसँग जोडिएका भारतको उत्तराखण्डका बनबासा, उत्तर प्रदेशको सुनौली, विहारको रक्सौल र पश्चिम बंगालको रानीगन्ज नाकाबाट अनिश्चितकालका लागि तेस्रो मुलुकका यात्रु ओहोरदोहोर बन्द गरिने उल्लेख छ ।

" /> कोरोना भाइरस प्रभाव : नेपाली र भुटानीबाहेक अन्य देशका लागि सबै सीमानाका बन्द गर्दै भारत - Sarbocha Media

कोरोना भाइरस प्रभाव : नेपाली र भुटानीबाहेक अन्य देशका लागि सबै सीमानाका बन्द गर्दै भारत

`

     २०७६ चैत्र ०१ गते ४:२०

काठमाडौं, ०१ चैत । भारतले नेपालका चारसहित चार मुलुकका २० नाकाबाट विदेशी यात्रुहरुको आवागमन बन्द गर्न लागेको छ ।

कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न भारतले आइतबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल, भुटान, बंगलादेश र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।

नेपालीहरुको आवतजावत भने प्रभावित नहुने जनाइएको छ। उक्त विषयमा भारतीय गृह मन्त्रालयको फरेनर्स डिभिजनअन्तर्गतको अध्यागमन सेक्सनद्वारा जारी सूचनामा स्पष्ट पारेको छ । नेपाली र भुटानी नागरिकले भारतमा आवतजावत गर्न सकिने छ भने नेपालबाट भारत जाने तेस्रो मुलुकका यात्रुलाई मात्र बन्देज लगाइएको हो ।

advertisement

नेपालसँग जोडिएका भारतको उत्तराखण्डका बनबासा, उत्तर प्रदेशको सुनौली, विहारको रक्सौल र पश्चिम बंगालको रानीगन्ज नाकाबाट अनिश्चितकालका लागि तेस्रो मुलुकका यात्रु ओहोरदोहोर बन्द गरिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?