- पुनम घिमिरे
खाम भित्र रातो मसिमा
कसैको जिन्दगी आयो
जिन्दगीसँगै अक्षरहरुमा
सिन्दुर फिर्ता आयो
ती अक्षरहरु बोल्दै थिए
उस्को अन्तिम बोलि
बोलि बोकि मायाको
अक्षर कोसेलि
खाम भित्र आयो ।
आँखामा अनेक सपना बोकि
बिदेशियको माया
प्रियाकोसँग केवल
खाम भित्र अक्षरहरुमा
अटुट मायासँगै
सुन्यता आयो
सन्तानको यादमा
अल्झिएको आशा
छोरीको तोते बोली
छोराको हाँसोमा
अट्किने मन
आज अक्षरसँगै
खाम भित्र मौनता आयो ।

आमाको मुटुको टुक्रा
टुक्रिदै अक्षरहरुमा
समेट्नै नसकिने गरी
छरपस्ट खाम भित्र
दुधको मूल्य यसरी आयो
बुवाको
बुढेसकालको साहारा थियो लाठी
भाच्चिदै लाठी
अक्षर बनी खाम भित्र आयो
जिन्दगी भरको लागि
सँगै बाच्ने कसम
आज खाममा स्वार्थी बनी
एक्लै आयो ।
निकै नहुने घाउ बोकि
खाम उपहार आयो
हर रात सिरानी भिजाउने
पानी बनी माया
खाम भित्र आयो
आभाषमा रमाउनु नियती
अब
जीवन जिउने साहारा
आभाष बनि अक्षर
खाम भित्र आयो
रातो बाक्समा सजिदै
मेरो श्रृङ्गार आज
अक्षरसँगै खाम भित्र खायो ।



