advertisement

प्रधानमन्त्रीले रुघाखोकी लागेकाहरूबाट विशेष रूपमा जोगिनुपर्नेछ । प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालबाट साँझ ६ः३० बजे डिस्चार्ज भएका थिए ।

प्रधानमन्त्री बालुवाटार फर्कने क्रममा उनको सुरक्षालगायतमा संलग्न रहेकाहरूले मास्क लगाएका थिए ।

" /> १२ दिने अस्पताल बसाइपछि बालुवाटार फर्किए प्रधानमन्त्री - Sarbocha Media

१२ दिने अस्पताल बसाइपछि बालुवाटार फर्किए प्रधानमन्त्री

`

     २०७६ चैत्र ०१ गते २:३१

काठमाडौं, ०१ चैत । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि सरकारी निवास बालुवाटार फर्केका छन्। १२ दिने अस्पताल बसाइपछि शुक्रबार साँझ बालुवाटार फर्किएका हुन् ।

प्रधानमन्त्री ओली पूर्ण स्वास्थ्य लाभ भएपछि त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू)बाट डिस्चार्ज भएको
उनकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले बताइन् ।

प्रधानमन्त्री निवासमा ओलीलाई संक्रमणमुक्त राख्ने गरी प्रबन्ध मिलाइएको जनाइएको छ । प्रधानमन्त्रीलाई आराम गर्नुका साथै रुघाखोकीलगायत संक्रमणबाट जोगिन चिकित्सकहरूले सुझाव दिएका छन् ।

६९ वर्षीय ओलीलाई पहिलो एक महिना शरीरको प्रतिरोधात्मक शक्तिलाई शिथिल पार्ने (इम्युनो सप्रेसेन्ट) औषधि उच्च मात्रा दिइने हुनाले संक्रमणको जोखिम हुन्छ ।

advertisement

प्रधानमन्त्रीले रुघाखोकी लागेकाहरूबाट विशेष रूपमा जोगिनुपर्नेछ । प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालबाट साँझ ६ः३० बजे डिस्चार्ज भएका थिए ।

प्रधानमन्त्री बालुवाटार फर्कने क्रममा उनको सुरक्षालगायतमा संलग्न रहेकाहरूले मास्क लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?