advertisement

डट्टन कोरोना भाइरसबाट संक्रमित हुने अस्ट्रेलियाका पहिलो राजनीतिज्ञ हुन्। अस्ट्रेलियामा अहिलेसम्म १५७ जना यस भाइरसबाट संक्रमित भएका छन् भने ३ जनाले ज्यान गुमाएका छन्।

" /> अस्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना संक्रमण - Sarbocha Media

अस्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना संक्रमण

`

     २०७६ फाल्गुन ३० गते ८:३५

एजेन्सी, ३० फागुन । अस्ट्रेलियाका गृहमन्त्री पिटर डट्टनलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । डट्टनले एक विज्ञप्तिमार्फत आफूलाई कोभिड-१९ को संक्रमण भएको पुष्टि गरेका हुन् । क्विन्स्ल्यान्डको एक अस्पतालमा उनको उपचार भइरहेको स्थानीय सञ्‍चारमाध्यम एबीसीले जनाएको छ।

डट्टन गत मंगलबार सिड्नीमा आयोजना गरिएको मन्त्रिपरिषद् बैठकमा सहभागी भएर सोही दिन व्यावसायिक विमानबाट क्विन्स्ल्यान्ड फर्किएका थिए। आफूलाई सन्‍चो नभएपछि स्थानीय अस्पतालमा जचाँउन गएका उनलाई कोभिड-१९ को संक्रमणको पुष्टि भएको हो।

उनले सार्वजनिक गरेको विज्ञप्तिमा क्विन्स्ल्यान्ड सरकारको नियमअनुसार भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना हुनुपर्ने भएकोले आफूले त्यस्लाई पालना गरेको बताएका छन। बिहान त्यति सन्‍चो नभएपछि क्विन्स्ल्यान्डको स्वास्थ्य विभागलाई जानकारी गराएको र कोभिड-१९ को जाँच गराएको उनले उल्लेख गरेका छन्। उनले आफ्नो स्वास्थ्य सामान्य रहेको पनि जानकारी दिएका छन्।

advertisement

डट्टन कोरोना भाइरसबाट संक्रमित हुने अस्ट्रेलियाका पहिलो राजनीतिज्ञ हुन्। अस्ट्रेलियामा अहिलेसम्म १५७ जना यस भाइरसबाट संक्रमित भएका छन् भने ३ जनाले ज्यान गुमाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?