advertisement

प्रधानमन्त्री ग्युसेप कोन्टले नागरिकहरुलाई घरमै बस्न आग्रह गरेका छन् । व्यायामशाला, सिनेमाघर, स्विमिङ पुल र विद्यालयहरु बन्द गरिएका छन् भने देशभर हुने खेलकुद प्रतियोगिता रोकिएका छन् तर सार्वजनिक यातायात भने बन्द गरिएको छैन ।

इटालीका आपतकालीन आयुक्त एन्गेलो बोरेलीका अनुसार कोरोना भाइरसबाट धेरै उमेर समूहका मानिसका लागि घातक देखिएको छ । अहिले मृत्यु भएका धेरैजसो मानिसमा पहिलेदेखि नै स्वास्थ्य समस्या रहेको थियो ।

जसमा ७७ प्रतिशत मृत्यु ७० देखि ८९ वर्षसम्मका छन्, १० प्रतिशत मानिस ५० देखि ६९ सम्मका रहेका छन् भने बाँकी ९० वर्षभन्दा माथिका रहेका छन् ।

" /> कोरोनाविरुद्ध लड्न चीनले विशेषज्ञको टोली इटाली पठायो - Sarbocha Media

कोरोनाविरुद्ध लड्न चीनले विशेषज्ञको टोली इटाली पठायो

`

     २०७६ फाल्गुन ३० गते ५:३३

एजेन्सी, ३० फागुन । चीनले बुधबार महामारीविरुद्ध लड्न इटालीमा एक विशेषज्ञको टोली पठाएको छ । इटालीलाई सहयोग पुर्याउन चिकित्सा टोली पठाएको हो ।

रेडक्रस सोसाइटी चीनका उपाध्याक्ष र चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका एक विशेषज्ञको नेतृत्वमा टोली इटाली गएको हो । सिचुआन प्रान्तका अन्य पाँच विशेषज्ञहरु पनि यो टोलीमा छन् । चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश इटाली हो ।

विभिन्न विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार यो समाचार तयार परिसक्दास्म्म इटालीमा कोरोनबाट ज्यान गुमाउनेको संख्या १ हजार १६ पुगेको छ भने १५ हजार १३३ जनामा संक्रमण देखा परेको छ ।

वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार अहिले एक हजार १५३ जना जटिल अवस्थामा रहेका छन् भने एक हजार २५८ जना पूर्णरूपमा स्वास्थ्य भएका छन् । इटालीमा सात दिनमै ९६७ जनाको मृत्यु भएको वर्ल्डो मिटरर्स डट इन्फोले जनाएको छ ।

अघिल्लो बिहीबारसम्म इटालीमा जम्मा ४९ जनाको मात्रै मृत्यु भएको थियो । वर्ल्डो मिटरर्स डट इन्फो अनुसार इटालीमा गत शुक्रबार १०७, शनिबार ४९, आइतबार १३३, सोमबार १२५, मंगलबार १६८, बुधबार १९६ र हिजो बिहीबार १८९ जनाको मृत्यु भएको छ ।

advertisement

प्रधानमन्त्री ग्युसेप कोन्टले नागरिकहरुलाई घरमै बस्न आग्रह गरेका छन् । व्यायामशाला, सिनेमाघर, स्विमिङ पुल र विद्यालयहरु बन्द गरिएका छन् भने देशभर हुने खेलकुद प्रतियोगिता रोकिएका छन् तर सार्वजनिक यातायात भने बन्द गरिएको छैन ।

इटालीका आपतकालीन आयुक्त एन्गेलो बोरेलीका अनुसार कोरोना भाइरसबाट धेरै उमेर समूहका मानिसका लागि घातक देखिएको छ । अहिले मृत्यु भएका धेरैजसो मानिसमा पहिलेदेखि नै स्वास्थ्य समस्या रहेको थियो ।

जसमा ७७ प्रतिशत मृत्यु ७० देखि ८९ वर्षसम्मका छन्, १० प्रतिशत मानिस ५० देखि ६९ सम्मका रहेका छन् भने बाँकी ९० वर्षभन्दा माथिका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?