advertisement

‘के बोल्ने ? देखेको कुरा बोल्ने । हेर्नु भनेको र देख्नु भनेको फरक फरक विषय हो । प्राय सबैले हेर्छन् । देख्‍न चाहिँ साह्रै थोरैले देख्छन्। बह्मज्ञानीहरुले देख्छन् । इमानपूर्वक हेर्नेले देख्छन् । सर्वसाधरण जनताले इमानका साथ ध्यान पुर्वक हेरे भने देख्छन् ।

त्यसैले २०७४ पछिको आमनिर्वाचनपछिको सरकारले गरेको काम प्राय सबैले हेरे तर सर्वसाधरण, दुरदृष्टि राख्ने ज्ञानीहरुले मात्रै देखे’, उनले भने, ‘जे देखिन्छ, त्यही बोल्नु । देख्ने र बोल्ने फरक फरक कुरा जसले गर्छ बेइमान त्यही हो । देख्ने एकथोक बोल्ने अर्कोथोक ।

इमानपुर्वक देख्ने र इमानपुर्वक बोल्ने हरेक नागरिकको र प्रतिनिधिको कर्तव्य हो।’ बिडारीले संसदको गरिमा भएन भने व्यवस्थाको गरिमा नरहने पनि उल्लेख गरे। ‘संसदमा सबै मन्त्रालयका प्रतिनिधि आएर टन्‍न बस्‍नुपर्यो नि अध्यक्ष महोदय’, उनले भने, ‘यहाँ कुन विषयमा सांसदले बोल्छन् मन्त्रीलाई थाहा छ ? छैन।’

सदन प्रभावकारी बनेर आधुनिक, प्रगतिशील र जनमुखी कानुन बनाएर अघि बढेमा व्यवस्था विरोधीहरु त्यसै ‘झिसमिस’ हुने तर्क उनले गरेका छन्।

" /> 'संसदमा आउन नसक्ने मन्त्रीहरु ट्‍वाइलेट उद्घाटन गर्न कुद्छन्' - Sarbocha Media

‘संसदमा आउन नसक्ने मन्त्रीहरु ट्‍वाइलेट उद्घाटन गर्न कुद्छन्’

`

     २०७६ फाल्गुन २९ गते १:१०

काठमाडौं, २९ फागुन । राष्ट्रियसभा सदस्यहरुले संसदप्रति उत्तरदायी बन्दै भ्रष्टाचार न्यूनीकरणको क्षेत्रमा थप कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको विहीबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले संसदमा उठेका सवालमा इमान्दार भएर जवाफ दिन सरकार र मन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

त्यसैगरी भ्रष्टाचार नियन्त्रणका लागि ठोस कदम चाल्न पनि आग्रह गरे। राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले निर्वाचित जनप्रतिनिधिहरुको थलो संसदप्रति उत्तरदायी बन्‍न सरकारको ध्यानाकर्षण गराए। संसदमा उठेका कुराबारे मन्त्रीहरुलाई जानकारी नहुने गरेको उनले जिकिर गरे।

सांसद बिडारीले संसदप्रति इमान्दार, जवाफदेही र उत्तरदायी बन्‍न आग्रह गरे। सरकार र मन्त्रीहरुले सांसदले उठाएका सार्वजनिक सरोकारका विषयप्रति जवाफदेही नभएकोमा आक्रोश पोखे।

‘जवाफ नदिने। बोले पनि हुने, नबोले पनि हुने। ठीक बोलेपनि हुने बेठीक बोले पनि हुने। मन लागे बोले नि हुने। मन नलाए नबोले नि हुने। यस्तो सदन भएपछि सदनको गरिमा घट्छ अध्यक्ष महोदय’, बिडारीले भने, ‘सदनको गरिमा घट्यो भने व्यवस्थामाथि प्रश्न उठ्छ। जनताका प्रतिनिधिलाई हेप्ने प्रकारले कुरा गरेपछि प्रश्न उठ्छ।’

सांसद बिडारीले संसदलाई बेवास्ता गरेर मन्त्रीहरु ट्वाइलेट उद्घाटनमा कुदेको पनि आरोप लगाए। ‘संसदमा मन्त्री महोदयहरु नआउने, अनि ट्‍वाइलेट उद्घाटन र शिलान्यास चा हिँभ्याउने । हरे शिव!’, उनले भने, ‘उद्घाटन गर्न जहाँ नि भ्याउने तर संसदमा जवाफ दिन नभ्याउने? संसदमा के बोलियो त्यसमा ध्यान दिन पर्यो मन्त्रीहरुले।’

सांसदहरुले उठाएका सबै विषयको रेकर्ड राख्दै ती सवालको जवाफ दिएर जनताप्रति आफ्नो इमान प्रदर्शन गर्न पनि उनले आग्रह गरे। उद्घाटन गर्न जहाँ पनि पुग्ने गरेका मन्त्रीहरु सदनमा कमै उपस्थित हुने गरेकोतर्फ पनि उनले ध्यानाकर्षण गराए।

advertisement

‘के बोल्ने ? देखेको कुरा बोल्ने । हेर्नु भनेको र देख्नु भनेको फरक फरक विषय हो । प्राय सबैले हेर्छन् । देख्‍न चाहिँ साह्रै थोरैले देख्छन्। बह्मज्ञानीहरुले देख्छन् । इमानपूर्वक हेर्नेले देख्छन् । सर्वसाधरण जनताले इमानका साथ ध्यान पुर्वक हेरे भने देख्छन् ।

त्यसैले २०७४ पछिको आमनिर्वाचनपछिको सरकारले गरेको काम प्राय सबैले हेरे तर सर्वसाधरण, दुरदृष्टि राख्ने ज्ञानीहरुले मात्रै देखे’, उनले भने, ‘जे देखिन्छ, त्यही बोल्नु । देख्ने र बोल्ने फरक फरक कुरा जसले गर्छ बेइमान त्यही हो । देख्ने एकथोक बोल्ने अर्कोथोक ।

इमानपुर्वक देख्ने र इमानपुर्वक बोल्ने हरेक नागरिकको र प्रतिनिधिको कर्तव्य हो।’ बिडारीले संसदको गरिमा भएन भने व्यवस्थाको गरिमा नरहने पनि उल्लेख गरे। ‘संसदमा सबै मन्त्रालयका प्रतिनिधि आएर टन्‍न बस्‍नुपर्यो नि अध्यक्ष महोदय’, उनले भने, ‘यहाँ कुन विषयमा सांसदले बोल्छन् मन्त्रीलाई थाहा छ ? छैन।’

सदन प्रभावकारी बनेर आधुनिक, प्रगतिशील र जनमुखी कानुन बनाएर अघि बढेमा व्यवस्था विरोधीहरु त्यसै ‘झिसमिस’ हुने तर्क उनले गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?