advertisement

हालसम्म विश्वभर एक लाख २६ भन्दा बढीलाई कोरोना भाइरस संक्रमण देखिएको छ भने ४ हजार ६ सयभन्दा बढीकाे मृत्यु भइसकेको छ ।

डिसेम्बर अन्तिम सातादेखि देखिन थालेको कोरोना भाइरसले चीनमा अहिलेसम्म  ८० हजार ७ सय ९३ जना संक्रमित भएका थिए भने ३ हजार १ सय ६९ जनाले ज्यान गुमाए। ६२ हजार ७ सय ९३ जना उपचारपछि घर फर्किएका छन्।

" /> कोरोना भाइरसकाे महामारी समाप्त भएकाे चीनकाे घोषणा - Sarbocha Media

कोरोना भाइरसकाे महामारी समाप्त भएकाे चीनकाे घोषणा

`

     २०७६ फाल्गुन २९ गते १०:०६

एजेन्सी, २९ फागुन । चीनले अब कोरोना भाइरसको महामारी समाप्त भएको जनाएको छ । राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले बिहीबार यस्तो घोषणा गरेका हुन् ।

पछिल्लो समय चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिने क्रम मन्द भएपछि यस्तो घोषणा आएको हो । चिनियाँ स्वास्थ्य आयोगका प्रवक्ताको भनाइ उद्धृत गर्दै सिन्ह्वाले हालै समाचार तयार पारेको हो ।

चीनमा कोरोना भाइरसबाट नयाँ संक्रमण हुनेहरूको संख्या  १० भन्दा तल झरेको छ। बुधबार वुहान सहरमा ८ जनामात्र नयाँ संक्रमित भेटिएका छन् भने अन्य प्रान्तका  ७ जनामा यो  भाइरस देखिएको छ। ती सातमध्ये पनि ६ जना बाहिरबाट आएकाहरू हुन् ।

चीनको वुहानबाट सुरु कोरोना भाइरसको संक्रमण पछिल्लो समय इटाली, कोरिया, जापान, इरान लगायत मुलुकमा फैलन थालेको छ । चीनकै वुहान बाहेक अन्य सहरमा भने संक्रमण फैलन पाएको छैन । यसका लागि चीन सरकारले सुरुदेखि नै उच्च सतर्कता अपनाउँदै आएको थियो ।

advertisement

हालसम्म विश्वभर एक लाख २६ भन्दा बढीलाई कोरोना भाइरस संक्रमण देखिएको छ भने ४ हजार ६ सयभन्दा बढीकाे मृत्यु भइसकेको छ ।

डिसेम्बर अन्तिम सातादेखि देखिन थालेको कोरोना भाइरसले चीनमा अहिलेसम्म  ८० हजार ७ सय ९३ जना संक्रमित भएका थिए भने ३ हजार १ सय ६९ जनाले ज्यान गुमाए। ६२ हजार ७ सय ९३ जना उपचारपछि घर फर्किएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?