advertisement

उनले गत भदौमा भएको नर्सिङ काउन्सिलको निर्वाचनभन्दा अघि यसरी घुस मागेको च्याट रेकर्डबाट देखिन्छ । ती विद्यार्थीले जिताको नाममा एकै पटक २ लख ५० हजार रूपैयाँ पठाएको च्याटबाट देखिन्छ ।

जिताले पैसा पठाएको हो भनेर सोध्दा उनले ७१३४६७८९९७ डि ७१२३८७६७५६ डी मा आइएमइ गरेर पैसा पठाएको च्याटमा उल्लेख गरेकी छिन । जहाँ २ लाख ५० हजार अहिले नै हालेको र ५० हजार पछि दिने प्रतिवद्धता जनाएकी छन् । जिता नेपाली कांग्रेसको कोटामा चुनाव लडेर काउन्सिलको सदस्यमा विजयी व्यक्ति हुन ।

ती विद्यार्थी र जिताबीच भएको फेसबुक च्याट सम्वाद यस्तो छ ।

विद्यार्थी– एनएनसी जसरी पास गरिदिनु दिदी मैले गर्ने गरेकी छु ।

जिता– म बाहिर भ्रष्टाचार अभियानमा लागेकी छु । तिम्रो गर्दिन्छु बहिनी

विद्यार्थी– अलि घटाइदिनु हुने थियो कि पैसा, पास जसरी गर्नु छ, दुई वर्ष भइसको, पास जसरी गर्नु छ ।

जिता– सबै कुरा गोप्य राख्नु बहिनी पेशागतबाट अस्ति म प्रतिनिधि उठेमि हुँ जसरी गर्दिन्छु एनएनसी पास तर पैसा तीन लाखभन्दा कम हुन्न ।

विद्यार्थी– ल ल दिदी हुन्छ, गोप्य राख्छु पैसा अलि घटाइदिनु न, दुई लाख ५० सम्म हुन्न र ?

जिता– हुँदैन बहिनी तीन लाख नै दिनुपर्छ २४औं लाइसेन्स हो कडा छ, जसरी पास गर्दिन्छु ।

विद्यार्थी– हुन्छ दिदी म पठाइदिन्छु २ लाख अहिले आइएमइ पुग्न लागिसके, फोनमा बोलम है दिदी ।

यति सम्वादपछि जिता बरालले आफ्नो डिटेल पठाएकी छन् ।
जिता– जिता बराल
काठमाडौं नेपाल
फोन नम्बर : ९८५६०३०२५६

विद्यार्थी– हस दिदी आइएमइ लाइनमा छु

जिता– हुन्छ बहिनी

विद्यार्थी– पैसा हालिसकेँ दिदी है

जिता– हुन्छ बहिनी आइएमइ नम्बर कति हो ?

विद्यार्थी– ७१३४६७८९७ डी, ७१२३८७६७५६डी, टु लाख ५० हजार हालिदिएकी छु

जिता– हस बहिनी ५० कहिले हाल्दिन्छौं

विद्यार्थी– ५० रिजल्टपछि है दिदी ।

जिताले विद्यार्थीको पीडा बुझेर पास गरिदिनु खोजेको भन्दै धेरैपटक सबै गोप्य राख्नु भनेकी छन् । आधा पैसा भने रजिष्टार विन्दाले खाने र आधा पैसा अरु ठाउँ खर्च हुने भनेका छन् ।

सामाजिक सञ्जालमा यो तथ्य बाहिर आएपछि ज्ञानेन्द्र शाहीले हिजो फेसबुकमा यस्तो लेखेका छन्, ‘हाम्रो नेपाल,हामी नेपाली का अभियान्ता जिता बराल ज्यू को अगुवाइमा एक जना बहिनि को जिन्दगी बर्बाद गर्ने मानिसलाई कानुनी कारर्बाहि गरिदै।।’

रकम लिने जिता हाम्रो नेपाल, हामी नेपालीका अभियन्ता रहेको पुष्टि भएको छ । उल्टै जिताले कारवाही गर्ने भनेर ज्ञानेन्द्रले भनेका छन् । पीडित विद्यार्थी भने अन्यायमा परेको बताइरहेका छन् ।

यसबारे बुझ्न जिता बराल र ज्ञानेन्द्र शाहीलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

" /> भ्रष्टाचारविरुद्धको अभियन्ताले नै लाइसेन्स बनाइदिन ३ लाख लिएकाे खुलासा - Sarbocha Media

भ्रष्टाचारविरुद्धको अभियन्ताले नै लाइसेन्स बनाइदिन ३ लाख लिएकाे खुलासा

`

     २०७६ फाल्गुन २९ गते ६:०३

काठमाडौं, २९ फागुन  । भ्रष्टाचारविरुद्धको अभियानमा लागेको भनिएका ज्ञानेन्द्र शाही टीमले नै नर्सिङ लाइसेन्सका लागि परीक्षा पास गरिदिन्छु भन्दै रकम लिएको खुलेको छ ।  ‘हाम्रो नेपाल, हामी नेपाली’की भ्रष्टाचारविरुद्धको अभियन्ता जिता बरालले नर्सिङ परीक्षा उत्तीर्ण गरिदिने भन्दै रकम लिएको रहस्य खुलेको हो ।

च्याटमा जिताले कुरा गरेकी विद्यार्थीले काउन्सिलको २४ औँ परिक्षाबाट लाइसेन्समा उत्तिर्ण भएकी छन् । च्याटमा जिताले पैसा माग्दा तीन लाख घटी नसक्ने बताएकी छन् । उनले तीन लाख मध्ये १ लाख ५० हजार रूपैयाँ काउन्सिलकी रजिष्ट्रार विन्दाले घिमिरेले खाने र बाँकी पनि अरूले बाँडेर खानुपर्ने बताएकी छन् ।

advertisement

उनले गत भदौमा भएको नर्सिङ काउन्सिलको निर्वाचनभन्दा अघि यसरी घुस मागेको च्याट रेकर्डबाट देखिन्छ । ती विद्यार्थीले जिताको नाममा एकै पटक २ लख ५० हजार रूपैयाँ पठाएको च्याटबाट देखिन्छ ।

जिताले पैसा पठाएको हो भनेर सोध्दा उनले ७१३४६७८९९७ डि ७१२३८७६७५६ डी मा आइएमइ गरेर पैसा पठाएको च्याटमा उल्लेख गरेकी छिन । जहाँ २ लाख ५० हजार अहिले नै हालेको र ५० हजार पछि दिने प्रतिवद्धता जनाएकी छन् । जिता नेपाली कांग्रेसको कोटामा चुनाव लडेर काउन्सिलको सदस्यमा विजयी व्यक्ति हुन ।

ती विद्यार्थी र जिताबीच भएको फेसबुक च्याट सम्वाद यस्तो छ ।

विद्यार्थी– एनएनसी जसरी पास गरिदिनु दिदी मैले गर्ने गरेकी छु ।

जिता– म बाहिर भ्रष्टाचार अभियानमा लागेकी छु । तिम्रो गर्दिन्छु बहिनी

विद्यार्थी– अलि घटाइदिनु हुने थियो कि पैसा, पास जसरी गर्नु छ, दुई वर्ष भइसको, पास जसरी गर्नु छ ।

जिता– सबै कुरा गोप्य राख्नु बहिनी पेशागतबाट अस्ति म प्रतिनिधि उठेमि हुँ जसरी गर्दिन्छु एनएनसी पास तर पैसा तीन लाखभन्दा कम हुन्न ।

विद्यार्थी– ल ल दिदी हुन्छ, गोप्य राख्छु पैसा अलि घटाइदिनु न, दुई लाख ५० सम्म हुन्न र ?

जिता– हुँदैन बहिनी तीन लाख नै दिनुपर्छ २४औं लाइसेन्स हो कडा छ, जसरी पास गर्दिन्छु ।

विद्यार्थी– हुन्छ दिदी म पठाइदिन्छु २ लाख अहिले आइएमइ पुग्न लागिसके, फोनमा बोलम है दिदी ।

यति सम्वादपछि जिता बरालले आफ्नो डिटेल पठाएकी छन् ।
जिता– जिता बराल
काठमाडौं नेपाल
फोन नम्बर : ९८५६०३०२५६

विद्यार्थी– हस दिदी आइएमइ लाइनमा छु

जिता– हुन्छ बहिनी

विद्यार्थी– पैसा हालिसकेँ दिदी है

जिता– हुन्छ बहिनी आइएमइ नम्बर कति हो ?

विद्यार्थी– ७१३४६७८९७ डी, ७१२३८७६७५६डी, टु लाख ५० हजार हालिदिएकी छु

जिता– हस बहिनी ५० कहिले हाल्दिन्छौं

विद्यार्थी– ५० रिजल्टपछि है दिदी ।

जिताले विद्यार्थीको पीडा बुझेर पास गरिदिनु खोजेको भन्दै धेरैपटक सबै गोप्य राख्नु भनेकी छन् । आधा पैसा भने रजिष्टार विन्दाले खाने र आधा पैसा अरु ठाउँ खर्च हुने भनेका छन् ।

सामाजिक सञ्जालमा यो तथ्य बाहिर आएपछि ज्ञानेन्द्र शाहीले हिजो फेसबुकमा यस्तो लेखेका छन्, ‘हाम्रो नेपाल,हामी नेपाली का अभियान्ता जिता बराल ज्यू को अगुवाइमा एक जना बहिनि को जिन्दगी बर्बाद गर्ने मानिसलाई कानुनी कारर्बाहि गरिदै।।’

रकम लिने जिता हाम्रो नेपाल, हामी नेपालीका अभियन्ता रहेको पुष्टि भएको छ । उल्टै जिताले कारवाही गर्ने भनेर ज्ञानेन्द्रले भनेका छन् । पीडित विद्यार्थी भने अन्यायमा परेको बताइरहेका छन् ।

यसबारे बुझ्न जिता बराल र ज्ञानेन्द्र शाहीलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?