advertisement

थापाले अगाडि भने ‘विगतका आग्रह पूर्वाग्रहबाट माथि उठौं, एक अर्काप्रति सम्मान गर्दै सामूहिक नेतृत्वको भावना अनुसार दृढताका साथ अघि बढ्न नेता कार्यकर्तालाई आह्वान गर्न चाहन्छु ।’

विगतमा पटक पटक फुटेका कारण कार्यकर्ता र शुभचिन्तकले फेरि फुट्दैन भन्नेमा विश्वास मान्न नसक्नु सामान्य भए पनि थापाले नकारात्मक सोच त्याग्न आग्रह गरे ।

" /> गीता छोएर कसम खान्छु, राप्रपालाई फुट्न दिन्न : कमल थापा - Sarbocha Media

गीता छोएर कसम खान्छु, राप्रपालाई फुट्न दिन्न : कमल थापा

`

     २०७६ फाल्गुन २८ गते ९:५१

काठमाडौं, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूले कहिल्यै पनि पार्टी नफुटाउने प्रतिवद्धता जनाएका छन् ।राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा कार्यक्रममा बुधबार उनले हिन्दू धार्मिक ग्रन्थ गीता हातमा लिएर पार्टी नफुटाउने प्रतिज्ञा गरे । ‘यो गीता हातमा राखेर कसम खान्छु राप्रपालाई फुट्न दिन्नँ’ उनले भने ।

पार्टीका अन्य दुई अध्यक्ष पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पनि पार्टी नफुटाउने प्रतिज्ञा गरिसकेको भन्दै थापाले आफू पनि पार्टी नफुटाउने बताए ।

अध्यक्ष थापाले यसअघि पार्टी फुटेको तीता मिठा घटनालाई बिर्सने पनि बताए । ‘ विगतका तीता घटनाले पीडा भए पनि आगामी दिनमा कुनै पनि आग्रह पूर्वाग्रह साथीहरुका बीचमा राख्ने छैन’ उनले भने ।

advertisement

थापाले अगाडि भने ‘विगतका आग्रह पूर्वाग्रहबाट माथि उठौं, एक अर्काप्रति सम्मान गर्दै सामूहिक नेतृत्वको भावना अनुसार दृढताका साथ अघि बढ्न नेता कार्यकर्तालाई आह्वान गर्न चाहन्छु ।’

विगतमा पटक पटक फुटेका कारण कार्यकर्ता र शुभचिन्तकले फेरि फुट्दैन भन्नेमा विश्वास मान्न नसक्नु सामान्य भए पनि थापाले नकारात्मक सोच त्याग्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?