advertisement

बजारमा धेरै खालका कपडाका मास्क उपलब्ध भए पनि काम गर्ने भनेको एन नाइन्टी फाइभ मास्क र मेडिकल तथा सर्जिकल मास्कले हो ।

के हो त कोरोना भाइरस ?

जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । पहिलो बिरामी २०१९ को डिसेम्बर अन्त्यतिर वुहानमा भेटिएका थिए । त्यपछि क्रमशः त्यो फैलँदै गएको हो । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो ।

यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् ।

काेराेना भाइरस संक्रमणका लक्षण

– रुघा खोकी लाग्नु,

– १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु

– श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु,

– घाँटी, टाउको तथा जिउ दुख्ने

– निमोनिया हुनु,

– सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु ।

कसरी सर्छ ? 

कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट सर्छ । चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ । अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ । यसको संक्रमणबाट ज्वरो आउनु, खोकी लाग्नु, स्वासप्रस्वास छिटोछिटो हुनु, स्वास फेर्न कठिन हुँदै निमोनिया समेत हुनथाल्ने लक्षण देखिन्छ ।

हाल देखिएको ‘२०१९–सिओभी’को कारण सार्स र मार्स कोरोनाको लक्षणसँग मिल्छ । यद्यपि कोरोना भाइरस संक्रमणको उपचारका लागि अहिलेसम्म कुनै भ्याक्सिन वा एन्टिभाइरस उपलब्ध छैन । बरु महामारीको रुप लिनुअघि नै यसबाट बच्न शतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

कसरी थाहा पाउने ?

जाडोको मौसम छ । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।

यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।

कसरी बच्ने ? 

यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो ।

मास्क पाइएन भने के गर्ने ?

सर्जिकल मास्क वा मेडिकल मास्क पाइएन भने सङ्क्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा रुमालले भए पनि नाक र मुख छोप्नुपर्छ कोरोना भाइरसबाट कसरी बच्ने रु

– सबैभन्दा पहिला आफ्नो व्यक्तिगत स्वास्थ्यमा ध्यान दिने
– साबुन पानीले हात राम्रोसँग धुने
– घरबाहिर हातले खाना नखाने
– खानै परे हातमा स्यानेटाइजर लगाएर मात्रै खाने
– शौचालय गएपछि साबुनपानीले हात धुने
– बाहिरबाट घर आएलगत्तै राम्ररी हात धुने
– सम्भव भएसम्म मास्क लगाउने
– कसैसँग हात नमिलाउने, अङ्कमाल नगर्ने
– बाहिरको मान्छेसँग बोल्दा एक मिटर टाढाको दुरीमा बस्ने
– माछा, मासु राम्रोसँग पकाएर खाने
– सकेसम्म काँचो फलफुल नखाने
– घाममा बस्ने

" /> मास्क पाइएन भने के गर्ने ? यस्ता छन् उपायाहरू - Sarbocha Media

मास्क पाइएन भने के गर्ने ? यस्ता छन् उपायाहरू

`

     २०७६ फाल्गुन २७ गते १:५२

काठमाडाैं, २७ फागुन ।  चीनकाे हुवानबाट फैलिएकाे काेराेना भाइरस अर्थात अर्थात कोभिड-१९ ले अहिले विश्वलाइ नै त्रासित बनाइरहेकाे छ ।  मंगलबार यो समाचार तयार पार्दासम्म विश्वका १ सय ५ देशमा कोरोना भाइरस फैलिएको तथ्याङ्कले देखाएको छ भने ४ हजारभन्दा बढीकाे मृत्यु भइसकेकाे छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि काेराेना भाइरसकाे उच्च जाेखिममा राखेकाे छ । याे सँगै नेपालीलाई पनि काेराेनाकाे त्रासले सताएकाे छ । बजारमा मास्क (मुखावरण) को अभाव भएको छ । मास्क नपाइने समस्या एकातिर छ भने पाइहाले पनि पहिलेभन्दा महँगो पर्छ । बजारमा सङ्क्रमित व्यक्तिलेभन्दा अरुले मास्कको प्रयोग धेरै गरेकाले अभाव भएकाे हो ।

advertisement

बजारमा धेरै खालका कपडाका मास्क उपलब्ध भए पनि काम गर्ने भनेको एन नाइन्टी फाइभ मास्क र मेडिकल तथा सर्जिकल मास्कले हो ।

के हो त कोरोना भाइरस ?

जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । पहिलो बिरामी २०१९ को डिसेम्बर अन्त्यतिर वुहानमा भेटिएका थिए । त्यपछि क्रमशः त्यो फैलँदै गएको हो । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो ।

यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् ।

काेराेना भाइरस संक्रमणका लक्षण

– रुघा खोकी लाग्नु,

– १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु

– श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु,

– घाँटी, टाउको तथा जिउ दुख्ने

– निमोनिया हुनु,

– सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु ।

कसरी सर्छ ? 

कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट सर्छ । चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ । अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ । यसको संक्रमणबाट ज्वरो आउनु, खोकी लाग्नु, स्वासप्रस्वास छिटोछिटो हुनु, स्वास फेर्न कठिन हुँदै निमोनिया समेत हुनथाल्ने लक्षण देखिन्छ ।

हाल देखिएको ‘२०१९–सिओभी’को कारण सार्स र मार्स कोरोनाको लक्षणसँग मिल्छ । यद्यपि कोरोना भाइरस संक्रमणको उपचारका लागि अहिलेसम्म कुनै भ्याक्सिन वा एन्टिभाइरस उपलब्ध छैन । बरु महामारीको रुप लिनुअघि नै यसबाट बच्न शतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

कसरी थाहा पाउने ?

जाडोको मौसम छ । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।

यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।

कसरी बच्ने ? 

यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो ।

मास्क पाइएन भने के गर्ने ?

सर्जिकल मास्क वा मेडिकल मास्क पाइएन भने सङ्क्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा रुमालले भए पनि नाक र मुख छोप्नुपर्छ कोरोना भाइरसबाट कसरी बच्ने रु

– सबैभन्दा पहिला आफ्नो व्यक्तिगत स्वास्थ्यमा ध्यान दिने
– साबुन पानीले हात राम्रोसँग धुने
– घरबाहिर हातले खाना नखाने
– खानै परे हातमा स्यानेटाइजर लगाएर मात्रै खाने
– शौचालय गएपछि साबुनपानीले हात धुने
– बाहिरबाट घर आएलगत्तै राम्ररी हात धुने
– सम्भव भएसम्म मास्क लगाउने
– कसैसँग हात नमिलाउने, अङ्कमाल नगर्ने
– बाहिरको मान्छेसँग बोल्दा एक मिटर टाढाको दुरीमा बस्ने
– माछा, मासु राम्रोसँग पकाएर खाने
– सकेसम्म काँचो फलफुल नखाने
– घाममा बस्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?