काठमाडाैं, २५ फागुन । होली पर्वलाई लक्षितगरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीले विशेष सुरक्षा बनाएकाे छ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले होली विशेष सुरक्षा योजना अन्तर्गत करिव २५ सय प्रहरी भीडभाड हुने संभावित स्थानमा परिचालन गरिने वताए ।
‘विश्वभर कोरोनाको संक्रमण फैलिहेको अवस्थामा नेपालमा यसको संक्रमणलाई रोक्न भीडभाड नगर्न आग्रह गरेका छौ,’ उनले भने, ‘अवज्ञा गर्ने र जवर्जस्ती रङ, पानी हालेमा पक्राउ गरी अभद्र ब्यावहारमा मुद्दा चलाउँछौं ।’
उपत्यकालगायत पहाडी जिल्लामा साेमबार र मधेसमा मंगलबार हाेली पर्व मनाइन्छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र महानगरीय प्रहरी कार्यालयले विश्वभर फेलिएकाे कोरोनाको संक्रमण नेपालमा पनि फैलिनसक्ने संभावनालाई ध्यानमा राख्दै होलीमा भीडभाड नगर्न आग्रह गरेको हाे ।
गृहमन्त्रालयले पनि कोरोना भाइरसको संक्रमण फैलन सक्ने संभावनालाई मध्यनजर गदै होलीमा भिडभाड, सांगितिक कार्यकम नगर्न आग्रह गरेको छ ।

बालबालिकाले घरको छतबाट पानी छ्याप्ने क्रम बढदै गएपछि नियन्त्रणकालागि प्रहरीले अभिभावकलाई सचेत गराएको छ । बालबालिकाले इच्छा विपरीत कसैलाई रङ तथा लोला हानेमा अभिवाभकलाई अभद्र ब्यावहारमा मुद्दा चलाइने महानगरीय प्रहरी कार्यलयले जनाएको छ ।
प्रहरीले जवर्जस्ती लोला, रङ हानेको उजुरी आउनासाथ तत्काल घटना स्थलमा पुग्नेगरी टोलि तयार राखेको छ । यसबाहेक सिसीटीभी क्यामराबाट निरन्तर निगरानी गर्ने प्रहरीले जनाएको छ ।
होलीलाई मर्यादित, सुरक्षीत र सभ्य बनाउन प्रहरीले विभिन्न स्थानमा चेक पोइन्ट राखेर निगरानी बढाउने भएको छ । चाडवाडमा मादक पदार्थ सेवन र तिव्रगतिमा सवारी कुदाउनेलाई पनि कारबाही गरिने पोखरेलले बताए ।




