advertisement

प्रधानमन्त्री ओलीको फागुन २१ गते बुधबार दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको थियो। प्रधानमन्‍त्री ओली र मिर्गौला दाता भान्जी पर्ने संग्रौला फागुन १९ गते अस्पताल भर्ना भएका थिए।

प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

" /> प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, हिँडडुल गराउन थालियो - Sarbocha Media

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, हिँडडुल गराउन थालियो

`

     २०७६ फाल्गुन २३ गते २:०९

फागुन २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार मिर्गौला दोस्रोपल्ट प्रत्यारोपण गरेका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको र आजदेखि हिँडडुल गराउन थालिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जानकारी गराए ।

प्रधानमन्त्रीका सबै ल्याव सूचकहरु सामान्य रहेको अस्पतालले जनाएको छ ।त्यसैगरी प्रधानमन्त्रीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौलाको अवस्था पनि राम्रो रहेको अस्पतालले जनाएको छ ।

advertisement

प्रधानमन्त्री ओलीको फागुन २१ गते बुधबार दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको थियो। प्रधानमन्‍त्री ओली र मिर्गौला दाता भान्जी पर्ने संग्रौला फागुन १९ गते अस्पताल भर्ना भएका थिए।

प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?