advertisement

त्यसैगरी, सांसद राजेन्द्र केसीले समयमै आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराए । धेरै साधन सम्पन्न मुलुकमा स्कुल बन्द भइसकेको अवस्था रहेको उल्लेख गर्दै उनले संसार नै त्रसित भएको अवस्थामा तयारी अपुग भयो भने मुलुकले धेरै क्षति व्यहोर्नुपर्ने तर्फ समयमै सचेत हुन आग्रह गरे ।

अर्का समर्थक नारायण खड्काले कोरोना संक्रमण नियन्त्रणका लागि चीनले गरेको प्रयासको प्रशंसा गरे । कोरोना संक्रमणको त्रासले बजारमा औषधि, मास्क र सेनीटाइजरसँगै दैनिक खाद्य सामग्रीको अभाव देखिन थालिसकेको भन्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरे ।

" /> औषधि, मास्क लुकाउनेलाई २ लाख जरिवाना मात्रै होइन जेल हाल्नुहोस् : सांसद - Sarbocha Media

औषधि, मास्क लुकाउनेलाई २ लाख जरिवाना मात्रै होइन जेल हाल्नुहोस् : सांसद

`

     २०७६ फाल्गुन २३ गते ८:३९

काठमाडौं, २३ फागुन । सांसदहरुले कोरोना भाइरसको त्रासका बेला औषधि, मास्क कृत्रिम अभाव र मूल्य वृद्धि गराउनेलाई जेल हाल्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभामा शुक्रबार प्रस्तुत जरुरी सार्वजनिक प्रस्तावमा समर्थन गर्दै सांसद दिव्यमणि राजभण्डारीले कोरोना संक्रमणको त्राससँगै बजारमा मास्क, औषधि लगायत अत्यावश्यक सामानहरु लुकाउने काम भएकोमा आपत्ति जनाए ।

‘मास्क लुकाउने, औषधि लुकाउनेलाई २ लाख रुपैयाँ जरिवानामात्रै होइन जेल हाल्नुहोस्’, उनले भने, ‘भएका मास्क बजारमा जति छ । सरकारले नियन्त्रण गर्नुहोस् । सेनीटाइजर पनि बजारमा बन्द भइसकेको छ ।’

उनले नेपालमा पनि मास्क, सेनीटाइजर उत्पादन हुने भन्दै तत्काल अनुमति दिएर उत्पादन सुरु गराउन सरकारसँग माग गरे । उनले भने, ‘४८ घण्टाभित्र लाइसेन्स दिनुहोस् र उत्पादन सुरु गर्नुहोस् । जनतामा त्रास धेरै छ । यो त्रासलाई हटाउन हामी सबै एक होऔ ।’

सरकारले आवश्यक तयारी नगरेको र कोरोनामुक्त घोषणा गरेका कारण पनि विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको उनले उल्लेख गरे । कोरोना संक्रमण नियन्त्रणका सम्बन्धमा चाइना सरकारसँग वार्ता गरेर अघि बढ्नुपर्ने बेलामा सरकारले चीनका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेकोमा उनको आपत्ति थियो । उनले भने, ‘चाइनाको राजदूतलाई फिर्ता बोलाउने ? के गर्न खोजेको हो ?’

advertisement

त्यसैगरी, सांसद राजेन्द्र केसीले समयमै आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराए । धेरै साधन सम्पन्न मुलुकमा स्कुल बन्द भइसकेको अवस्था रहेको उल्लेख गर्दै उनले संसार नै त्रसित भएको अवस्थामा तयारी अपुग भयो भने मुलुकले धेरै क्षति व्यहोर्नुपर्ने तर्फ समयमै सचेत हुन आग्रह गरे ।

अर्का समर्थक नारायण खड्काले कोरोना संक्रमण नियन्त्रणका लागि चीनले गरेको प्रयासको प्रशंसा गरे । कोरोना संक्रमणको त्रासले बजारमा औषधि, मास्क र सेनीटाइजरसँगै दैनिक खाद्य सामग्रीको अभाव देखिन थालिसकेको भन्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?