advertisement

अदालतले भूमिसुधार तथा व्यवस्था विभागका पूर्व निर्देशकत्रय पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ र मुकुन्द आचार्य, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुखद्वय टीकाराम घिमिरे र कलाधर देउजा, शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, समरजङ्ग कम्पनीका पूर्वप्रमुख अर्जुनप्रसाद भण्डारी र नासु श्रीहरी पुडासैनीका नाममा पनि म्याद जारी गरिसकेको छ ।

" /> ललिता निवास जग्गा प्रकरण : गच्छदारलाई अदालतमा उपस्थित हुन १५ दिने म्याद - Sarbocha Media

ललिता निवास जग्गा प्रकरण : गच्छदारलाई अदालतमा उपस्थित हुन १५ दिने म्याद

`

     २०७६ फाल्गुन २३ गते ८:२९

काठमाडौं, २३ फागुन । बालुवाटारको जग्गा अनियमितता प्रकरणमा मुछिएका नेपाली कांग्रेसका सभापति विजयकुमार गच्छदारलाई विशेष अदालत काठमाडौंले अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको छ ।

पूर्व उपप्रधानमन्त्री गच्छदारलाई ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतले म्याद जारी गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो र आठदेखि १० वर्ष कैद सजाय माग दाबी गरेर विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।

अख्तियाराले ललिता निवास प्रकरणमा प्रतिवादी बनाएका पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्त, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पनि १५ दिने म्याद जारी गरेको छ । पन्त र बस्न्यातले सचिव हुँदा भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

advertisement

अदालतले भूमिसुधार तथा व्यवस्था विभागका पूर्व निर्देशकत्रय पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ र मुकुन्द आचार्य, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुखद्वय टीकाराम घिमिरे र कलाधर देउजा, शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, समरजङ्ग कम्पनीका पूर्वप्रमुख अर्जुनप्रसाद भण्डारी र नासु श्रीहरी पुडासैनीका नाममा पनि म्याद जारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?