advertisement

बालुवाटारमा प्रधानमन्त्रीलाई लैजाँदा भेटघाट बढी हुने भएकाले अस्पतालमा राख्न खोजिएको उनले बताइन्। ‘सात दिनपछि डिस्चार्च गर्छौँ। उहाँले बालुवाटार फर्किएर मिटिङहरु राख्न सक्नुहुन्छ’, शाहले भनिन्, ‘तर एक महिनासम्म बाहिरका कार्यक्रममा सहभागी हुन सक्नुहुन्न।’

उनले प्रधानमन्त्रीलाई एक महिनासम्म कडा डोजको अवस्था चलाइने उल्लेख गरिन्। उनले प्रधानमन्त्रीले खानपिनमा ध्यान दिनुपर्ने र इन्फेक्सनबाट जोगिनुपर्ने बताइन्।

आफूले प्रधानमन्त्रीसँग भेट गरेको बताउँदै उनले भनिन् ‘मैले आँखा खोल्नुस् भनेँ, उहाँले आँखा खोल्नुभयो।’

" /> प्रधानमन्त्रीलाई एक साता अस्पतालमै राखिने - Sarbocha Media

प्रधानमन्त्रीलाई एक साता अस्पतालमै राखिने

`

     २०७६ फाल्गुन २२ गते २:५६

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपीशर्मा ओलीलाई एक सातासम्म अस्पतालमै राखिने भएको छ। प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाहले ओलीलाई चार दिनपछि डिस्चार्ज गर्न सकिने भएपनि भेटघाट कम गराउन एक सातापछि मात्र डिस्चार्ज गराउन लागिएको जानकारी दिएकी हुन्।

प्रधानमन्त्री ओलीकाे बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो। ‌ओलीको स्वास्थ्य अहिले खतरामुक्त रहेको शाहले जानकारी दिइन्। ‘स्वास्थ्य खतरामुक्त छ तर अझै संक्रमणको जोखिम रहन्छ’, शाहले सेतोपाटीसँग भनिन्, ‘अझै एक हप्तासम्म अस्पतालमै राख्ने सोचमा छौँ।’

advertisement

बालुवाटारमा प्रधानमन्त्रीलाई लैजाँदा भेटघाट बढी हुने भएकाले अस्पतालमा राख्न खोजिएको उनले बताइन्। ‘सात दिनपछि डिस्चार्च गर्छौँ। उहाँले बालुवाटार फर्किएर मिटिङहरु राख्न सक्नुहुन्छ’, शाहले भनिन्, ‘तर एक महिनासम्म बाहिरका कार्यक्रममा सहभागी हुन सक्नुहुन्न।’

उनले प्रधानमन्त्रीलाई एक महिनासम्म कडा डोजको अवस्था चलाइने उल्लेख गरिन्। उनले प्रधानमन्त्रीले खानपिनमा ध्यान दिनुपर्ने र इन्फेक्सनबाट जोगिनुपर्ने बताइन्।

आफूले प्रधानमन्त्रीसँग भेट गरेको बताउँदै उनले भनिन् ‘मैले आँखा खोल्नुस् भनेँ, उहाँले आँखा खोल्नुभयो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?