advertisement

बजारमा सर्जिकल माक्सको कृत्रिम अभाव देखिएपछि विभागले यो हप्तामात्रै १ दर्जन बढी मेडिकलहरुमा अनुगमन गरेको जनाएको छ। अनुगमनका क्रममा औषधि पसल, डिपार्टमेन्टल स्टोर, खुद्रा पसलमा केही समयअघि सजिलै पाइने सर्जिकल माक्सको कृत्रिम अभाव सिर्जना गरेर मुल्य दोब्बर बनाइएको भेटिएको विभागले जनाएको छ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बजारमा माक्सको अभाव देखिएको गुनासो आउन थालेपछि बजार अनुगमन त्यस क्षेत्रमा केन्द्रित गरेको बताए। महानिर्देशक सुवेदीले सर्जिकल माक्स अभावको विषयलाई नै केन्द्रमा राखेर बजार अनुगमन गरिने बताए।

" /> मास्क लुकाउने र बढी मुल्यमा बेच्नेलाई २ लाख जरिवाना - Sarbocha Media

मास्क लुकाउने र बढी मुल्यमा बेच्नेलाई २ लाख जरिवाना

`

     २०७६ फाल्गुन २२ गते ४:५५

काठमाडौं, २२ फागुन । मास्कमा कालोबजारी भएको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी परे पनि विभागले अनुगमन थालेको छ ।

कोरोना भाइरसको त्रासले औषधि पसलहरु तथा सर्जिकल फर्महरुले मास्क लुकाउन थालेको र मूल्यसमेत बढी लिएको भन्दै विभागमा उजुरी परेपछि विभागले मास्क केन्द्रित अनुगमन थालेको हो ।

कोरोना भाइरस संक्रमणको त्रासमा सर्जिकल माक्स, सेनिटाइजेसनलगायत वस्तुको बजार माग बढिरहेको अवस्थामा त्यस्ता वस्तु लुकाउने र बढी मुल्यमा बेच्ने गरेको गुनासो आएपछि विभागले अनुगमन तीव्र बनाएको हो।

विभागले मंगलबारमात्र क्षेत्रपाटीको नेपाल केयर सर्जिकल सप्लायर्सलाई कालोबजारी गर्ने उद्देश्यले माक्स लुकाएको र २ लाख रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएको छ।

उक्त सर्जिकलले उपभोक्ता संरक्षण ऐनको दफा ३८को उपदफा १ को (ख) अनुसारको कसुर गरेकाले २ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

advertisement

बजारमा सर्जिकल माक्सको कृत्रिम अभाव देखिएपछि विभागले यो हप्तामात्रै १ दर्जन बढी मेडिकलहरुमा अनुगमन गरेको जनाएको छ। अनुगमनका क्रममा औषधि पसल, डिपार्टमेन्टल स्टोर, खुद्रा पसलमा केही समयअघि सजिलै पाइने सर्जिकल माक्सको कृत्रिम अभाव सिर्जना गरेर मुल्य दोब्बर बनाइएको भेटिएको विभागले जनाएको छ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बजारमा माक्सको अभाव देखिएको गुनासो आउन थालेपछि बजार अनुगमन त्यस क्षेत्रमा केन्द्रित गरेको बताए। महानिर्देशक सुवेदीले सर्जिकल माक्स अभावको विषयलाई नै केन्द्रमा राखेर बजार अनुगमन गरिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?