advertisement

सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्य मन्त्री जसमाया गजमेर र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य व्यवस्थापन महाशाखा निर्देशक भोगेन्द्रराज डोटेल सहभागि बैठकले त्यस्तो निर्णय गरेको हो। बैठकमा कोशी अस्पतालमा प्रादेशिक आपतकालिन स्वास्थ्य व्यवस्थापन केन्द्र स्थापना गरि सञ्चालनमा ल्याउने निर्णय पनि गरेको छ।

आइसोलेसन शैय्या राखिएका ४ वटै अस्पतालले बिरामीको उपचारमा संलग्न हुने चिकित्सकको सुरक्षात्मक आवश्यक सामग्री तत्काल खरिद गर्ने निर्णय भएको मेहताले बताए। यस्तै, विदेशी पर्यटकको आवागमन हुने रानी, काँकडभिट्टा, भद्रपुर र पशुपति भन्सार नाकामा सुरक्षाकर्मीसहितको स्वास्थ्य हेल्प डेस्क सञ्चालन गर्ने निर्णय गरेको भेहताले बताए। ‘रानी भन्सार नाकामा विराटनगर महानगरले साबुन पानीले हात धुने व्यवस्थापन गर्नेछ,’ मेहताले भने, ‘कोशी अस्पतालको आइसोलेसन वार्डलाई थप सुदृढीकरणका लागि सामाजिक विकास मन्त्रालयबाट बजेट माग गर्ने र दुई देशीय नाकामा संघीय सरकारसँग समन्वय गरी थप व्यवस्था गर्ने निर्णय भएको छ।’

कोरोना भाइरसको संक्रमण भएको आशंका भएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने स्थलको खोजी कार्य भइरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले बताए। ‘आइसोलेसन वार्डमा खटिने चिकित्सकहरुको समूह मन्त्रालयले छनौट गर्छ,’ उनले भने, ‘अस्पताल र ल्याबमा खटिने चिकित्सक, प्राविधिकलगायतका स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्थापनमा मन्त्रालय जुटेको छ।’

सामाजिक विकास मन्त्री घिमिरेले अहिले नै आत्तिइहाल्ने अवस्था नरहेपनि संक्रमणकालबाट बच्न सावधानी अपनाउन लागिएको बताए। ‘अहिले नै आतिनु पर्ने अवस्था देश र प्रदेशमा छैन,’ उनले भने, ‘तर संक्रमणबाट बच्न सबैले सावधानी अपानाउनु जुरुरी छ।’

job
" /> प्रदेश १ मा कोरोना संक्रमितलाई उपचार गर्न २८ आइसोलेसन शय्या - Sarbocha Media

प्रदेश १ मा कोरोना संक्रमितलाई उपचार गर्न २८ आइसोलेसन शय्या

`

     २०७६ फाल्गुन २१ गते १२:५८

माेरङ, २१ फागुन ।  प्रदेश १ सरकारले नोबेल कोरोना भाइरसबाट संक्रमित हुनेलाई उपचार गर्नका लागि ४ वटा अस्पतालमा २८ वटा आइसोलसन शय्या राखेको छ ।

कोशी अस्पतालमा ५, विराट मेडिकल कलेज अस्पतालमा १२, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० वटा आइसोलेसन शैय्या र नोबेलमा आइसोलेसनसहितको आइसियू शय्याको व्यवस्था गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। बिर्तामोडस्थित बि एण्ड सी शिक्षण अस्पताल र मेची अञ्चल अस्पतालमा थप आइसोलेसन शय्या राख्ने तयारी भइरहेको मन्त्रालयले जनाएको हो।

कोरोना भाइरसबाट संक्रमित हुने लाई द्रुत उपचार सेवा उपलब्ध गराउन प्रदेश १ को स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहताको संयोजकत्वमा गठित प्राविधिक टोलीको बुधबार बसेको बैठकले चार वटा सीमा नाकामा स्वास्थ्य हेल्प डेश्क राख्ने निर्णय गरेको छ।

advertisement

सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्य मन्त्री जसमाया गजमेर र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य व्यवस्थापन महाशाखा निर्देशक भोगेन्द्रराज डोटेल सहभागि बैठकले त्यस्तो निर्णय गरेको हो। बैठकमा कोशी अस्पतालमा प्रादेशिक आपतकालिन स्वास्थ्य व्यवस्थापन केन्द्र स्थापना गरि सञ्चालनमा ल्याउने निर्णय पनि गरेको छ।

आइसोलेसन शैय्या राखिएका ४ वटै अस्पतालले बिरामीको उपचारमा संलग्न हुने चिकित्सकको सुरक्षात्मक आवश्यक सामग्री तत्काल खरिद गर्ने निर्णय भएको मेहताले बताए। यस्तै, विदेशी पर्यटकको आवागमन हुने रानी, काँकडभिट्टा, भद्रपुर र पशुपति भन्सार नाकामा सुरक्षाकर्मीसहितको स्वास्थ्य हेल्प डेस्क सञ्चालन गर्ने निर्णय गरेको भेहताले बताए। ‘रानी भन्सार नाकामा विराटनगर महानगरले साबुन पानीले हात धुने व्यवस्थापन गर्नेछ,’ मेहताले भने, ‘कोशी अस्पतालको आइसोलेसन वार्डलाई थप सुदृढीकरणका लागि सामाजिक विकास मन्त्रालयबाट बजेट माग गर्ने र दुई देशीय नाकामा संघीय सरकारसँग समन्वय गरी थप व्यवस्था गर्ने निर्णय भएको छ।’

कोरोना भाइरसको संक्रमण भएको आशंका भएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने स्थलको खोजी कार्य भइरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले बताए। ‘आइसोलेसन वार्डमा खटिने चिकित्सकहरुको समूह मन्त्रालयले छनौट गर्छ,’ उनले भने, ‘अस्पताल र ल्याबमा खटिने चिकित्सक, प्राविधिकलगायतका स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्थापनमा मन्त्रालय जुटेको छ।’

सामाजिक विकास मन्त्री घिमिरेले अहिले नै आत्तिइहाल्ने अवस्था नरहेपनि संक्रमणकालबाट बच्न सावधानी अपनाउन लागिएको बताए। ‘अहिले नै आतिनु पर्ने अवस्था देश र प्रदेशमा छैन,’ उनले भने, ‘तर संक्रमणबाट बच्न सबैले सावधानी अपानाउनु जुरुरी छ।’

job

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?