advertisement

एसपी राठौरले बरामद सुनको बजार मूल्य करिब चार करोड २७ लाख ५८ हजार ७ सय ७४ रुपैयाँ रहेको बताए ।

अब्दुलले मोटर पार्टसभित्र जडान हुने फालामको ब्यरिङ, फलामको पास्ताको ब्यरिङ, फलामको मिटर ब्यरिङमा सुन लुकाएर ल्याएका थिए । प्रहरीले मंगलबार बिहान साढे ४ बजे उनलाई पक्राउ गरेको थियो ।

job
" /> ६ किलो सुनसहित एक भारतीय पक्राउ - Sarbocha Media

६ किलो सुनसहित एक भारतीय पक्राउ

`

     २०७६ फाल्गुन २० गते १०:४२

मकवानपुर, २० फागुन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ६ किलो २ सय ८९ ग्राम (५३९ तोला) सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । बरामद सुनको मूल्य करिब ४ करोड २७ लाख रुपैयाँ छ ।

नियमित चेकजाँचका क्रममा प्रहरीले हेटौंडा–१५ स्थित रातोमाटेमा काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको बसमा सवार भारत कर्नाटक राज्यका ४२ वर्षीय अब्दुल मजिद अनेकलको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशिलसिं राठौरले जानकारी दिए ।

advertisement

एसपी राठौरले बरामद सुनको बजार मूल्य करिब चार करोड २७ लाख ५८ हजार ७ सय ७४ रुपैयाँ रहेको बताए ।

अब्दुलले मोटर पार्टसभित्र जडान हुने फालामको ब्यरिङ, फलामको पास्ताको ब्यरिङ, फलामको मिटर ब्यरिङमा सुन लुकाएर ल्याएका थिए । प्रहरीले मंगलबार बिहान साढे ४ बजे उनलाई पक्राउ गरेको थियो ।

job

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?