advertisement

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयका सचिव सूर्य गौतम सरुवा भएका छन् । भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयमा काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदार न्यौपाने आएका छन् ।

त्यस्तै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यमकुमारी खतिवडा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएकी छन् । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका चन्द्र घिमिरेलाई ल्याइएको छ ।

नयाँ बढुवा भएका सचिव एकनारायण अर्याललाई बैठकले काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकरी अधिकृतमा पदस्थापन गरेको छ । भने कामु सचिवमा बढुवा भएका सहसचिव रामशरण पुडासैनीलाई अर्थ मन्त्रालयको राजश्व सचिवको जिम्मेवारी दिइएको छ ।

सरुवा र पदस्थापन भएका सबै सचिवले मंगलबार पत्र बुझेका छन् ।

job
" /> ६ सचिवको सरुवा, नयाँ एक सचिवको पदस्थापन - Sarbocha Media

६ सचिवको सरुवा, नयाँ एक सचिवको पदस्थापन

`

     २०७६ फाल्गुन २० गते ७:४४

काठमाडाैं, २० फागुन । सरकारले ६ सचिवको सरुवा र नयाँ बढुवा भएका एक सचिवको पदस्थापन गरेको छ । आइतबार साँझ बसेको मन्त्रीपरिषद बैठकले ६ सचिवको सरुवा, नयाँ एक सचिवकाे पदस्थापन र एक कामु सचिवको पदस्थापन गरेको हो ।

बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बराललाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइराला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएका छन् ।

advertisement

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयका सचिव सूर्य गौतम सरुवा भएका छन् । भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयमा काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदार न्यौपाने आएका छन् ।

त्यस्तै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यमकुमारी खतिवडा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएकी छन् । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका चन्द्र घिमिरेलाई ल्याइएको छ ।

नयाँ बढुवा भएका सचिव एकनारायण अर्याललाई बैठकले काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकरी अधिकृतमा पदस्थापन गरेको छ । भने कामु सचिवमा बढुवा भएका सहसचिव रामशरण पुडासैनीलाई अर्थ मन्त्रालयको राजश्व सचिवको जिम्मेवारी दिइएको छ ।

सरुवा र पदस्थापन भएका सबै सचिवले मंगलबार पत्र बुझेका छन् ।

job

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?