फलाउँछु गहुँ, कोदो, मकै र धान
जौ, फापर, तोरी म त हो किसान
छैन मलाइ रहर ठुलो महल बनाउने
पुगे हुन्छ बिहान बेलुका खान लाउन ।
बिहानै उठ्छु एक हल गोरु साथमा हलो
साथीसङ्ग रमाउँदै लैजान्छु म कोदालो
उमार्छु थरीथरीका वर्ष भरी अन्न
खान लाउन पुग्छ घर परिवारलाई टन्न ।

विनोद चौधरी जस्तो बन्नु छैन मलाई
पानी परे जान्छु खेतमा रमाइ रमाइ
थोरै फलोस् अन्न केही चिन्ता छैन
भोकमरीले बारै मास कहिल्यै छुन्न ।
एक हल गोरु, हलो, कोदालो, खेतबारी
भगवानले छोडेर जानुभयो सबै मलाई
किसानको घर हो ठुलो अन्नको खानी
खेती गरेर बिताउँछु गाउँमै जिन्दगानी ।
विधाः कविता
– महेश फर्साल ‘परिवर्तन’ रास्कोट नपा –६, कालिकोट



