advertisement

भन्नलाई त महिला र पुरुष एकै रथका दुई पाङ्ग्रा भनिन्छ । त्यो भनाइलाई भनाइमा मात्र सीमित नभएर व्यवहारमा पनि ल्याउन सकियो भने यहाँ अमनचैन र सौहार्दता कायम हुने थियो। हो, शिक्षा पाएको व्यक्तिमा परिवर्तन आउनुपर्छ तर के गर्नु यहाँ शिक्षाको नाममा कोरा शिक्षा मात्र दिइन्छ । सोही अनुसार व्यवहारमा परिवर्तन भने भएको पाइँदैन । जब महिलाको जीवनमा सक्षमताको एउटा लेभल आउँछ, आफ्नै खुट्टामा उभिएर अब केही गर्छु भन्ने बेला आउँछ तब पराई घर जानुपर्ने बाध्यता आइपर्छ । हाम्रो देशमा नारीलाई घर हाँक्ने नाममा घरभित्रै कैद गरिन्छ । उसको क्षमतालाई समाज रूपान्तरणमा उतार्ने विषयमा कोही चिन्तन गर्दैन । उनी घरमै निसास्सिएर जिन्दगी व्यतीत गर्नुपर्ने नियति भोग्न बाध्य हुन्छिन् ।

महिला हिंसा

महिलालाई अघि बढ्न नदिने परम्परागत मानसिकता विभिन्न किसिमका महिला हिंसाको रूपमा प्रकट भएको देखिन्छ । बालविवाह यस्तै एउटा घातक तर अघोषित महिला हिंसा हो, जसले उसको पुरै जीवन कहिल्यै उन्मुक्त हुन नसक्ने गरी पारिवारिक सञ्जालमा जाकी दिन्छ । हामी महिला हिंसाका अरू घटना श्रृङ्खलाबद्घ ढङ्गले एकपछि अर्को प्रकट भइरहेकै देख्छौँ । भर्खरै मात्र पनि ललितपुरमा हेमा श्रेष्ठलाई बच्चा बोकेकै अवस्थामा प्रहरी अधिकृतले नै निर्घात लाठी चार्ज गरेको दृश्य सामाजिक सञ्जालमा व्यापक भाइरल बनिरहेकै छ । महिलालाई निकृष्ट सोचेर गरिने हरेक किसिमका मानसिक एवम् भौतिक आक्रमण अन्ततोगत्वा महिला हिंसा नै हुन जसले महिलालाई सधैँ पछि पारिरहन्छ । यसलाई समाजबाट निर्मूल पार्नैपर्दछ ।

महिलालाई सताइरहने केही सवालहरू

नारीहरू जुनसुकै चुनौतीको सामना गर्न सक्षम छन् । उनीहरू केहीमा पनि कम छैनन् भने देश हाँक्न किन सक्दैनन् ? एक चोटि ठाउँ दिएर हेर्नुहोस् नारीले देशमा आमूल परिवर्तन ल्याउन सक्छन् । नारीहरूलाई सधैँ पछाडि पारी राख्न उनीहरूको चरित्रको कपोलकल्पित चित्रण होइन कि बरू उनीहरूसँगै मिलेर देश बनाउने चित्र कोरे फेरिन्छ देशको मुहार र सप्रिन्छ राजनीति । जबसम्म नारीलाई कुनै स्थान दिइँदैन तबसम्म नारी अत्याचार रोकिँदैन र देश पनि बन्दैन ।

" /> राजनीतिमा महिला सहभागिता - Sarbocha Media

राजनीतिमा महिला सहभागिता

`

     २०७६ फाल्गुन १७ गते १:५२

राजनीतिमा नारीको सहभागिताबिना समृद्घ मुलुकको परिकल्पना नै गर्न सकिन्न तर तर विडम्बना समाजको नारीप्रतिको नजरको कारण भनौँ कि ऊ आफ्नै कारणले भनौँ, नारीको राजनीतिमा उल्लेख्य उपस्थिति हुन सकेको छैन।

नारी शिक्षा आजको आवश्यकता भनिएता पनि २१औ शताब्दीमा समेत यो पूरा हुन सकेको छैन । आज पनि हाम्रो देशमा महिलाहरूलाई स्वतन्त्र ढङ्गले हिँडडुल गर्न दिइँदैन, बोल्न दिइँदैन, कतै बोल्यौ कि पोथी बास्यो भनेर कपोलकल्पित लाञ्छना लगाएर उसको खुट्टा तान्ने गरिन्छ। यो देश जहाँ खुट्टा तान्ने संस्कारको कारण हामी पछि छौँ, देश अगाडी बढ्न यो कुराको अन्त्य हुनै पर्छ ।

विकसित राष्ट्रमा महिलाको सहभागिता

विकसित देशहरूले महिलाको सहभागितालाई विशेष स्थान दिएका हुन्छन् । त्यसै कारण ती देश प्रगतिको उच्च अवस्थामा पुगेका देखिन्छन् । हाम्रो देशमा पनि महिला सहभागिता विकासको लागि महत्त्वपूर्ण भनिए पनि उनीहरूलाई महत्त्वपूर्ण भूमिकामा उल्लेखनीय ढङ्गले अघि बढ्ने वातावरण निर्माण भएको पाइँदैन ।

लेखिएको कथा र देखिएको दृश्य धेरै भिन्न हुन्छन् । हिजो पनि नारीसम्बन्धि धेरै कथाहरू लेखिए तर ती कथामै सीमित रहे । विकसित राष्ट्रहरूमा महिलाले ठुला ठुला जिम्मेवारी वहन गर्नेदेखि महिलाले नै देश हाँक्ने गरेका देखिन्छन् । ती देशमा महिलाको  स्थान उच्च छ तर विडम्बना हाम्रो देशमा नारीलाई नै गिराएको पाइन्छ । विकसित राष्ट्रहरूमा २५ वर्षीय नारी प्रधानमन्त्री बनेर देश सम्हाल्ने जिम्मेवारी पाएका देखिन्छन् । तर, यो गरिब मुलुकमा चाहिँ २५ वर्ष पुग्दा नपुग्दै छोरी मान्छे दुई सन्तानको आमा बन्ने जिम्मेवारी वहन गरिसकेको अवस्थामा पुगिसकेका हुन्छन् ।

advertisement

भन्नलाई त महिला र पुरुष एकै रथका दुई पाङ्ग्रा भनिन्छ । त्यो भनाइलाई भनाइमा मात्र सीमित नभएर व्यवहारमा पनि ल्याउन सकियो भने यहाँ अमनचैन र सौहार्दता कायम हुने थियो। हो, शिक्षा पाएको व्यक्तिमा परिवर्तन आउनुपर्छ तर के गर्नु यहाँ शिक्षाको नाममा कोरा शिक्षा मात्र दिइन्छ । सोही अनुसार व्यवहारमा परिवर्तन भने भएको पाइँदैन । जब महिलाको जीवनमा सक्षमताको एउटा लेभल आउँछ, आफ्नै खुट्टामा उभिएर अब केही गर्छु भन्ने बेला आउँछ तब पराई घर जानुपर्ने बाध्यता आइपर्छ । हाम्रो देशमा नारीलाई घर हाँक्ने नाममा घरभित्रै कैद गरिन्छ । उसको क्षमतालाई समाज रूपान्तरणमा उतार्ने विषयमा कोही चिन्तन गर्दैन । उनी घरमै निसास्सिएर जिन्दगी व्यतीत गर्नुपर्ने नियति भोग्न बाध्य हुन्छिन् ।

महिला हिंसा

महिलालाई अघि बढ्न नदिने परम्परागत मानसिकता विभिन्न किसिमका महिला हिंसाको रूपमा प्रकट भएको देखिन्छ । बालविवाह यस्तै एउटा घातक तर अघोषित महिला हिंसा हो, जसले उसको पुरै जीवन कहिल्यै उन्मुक्त हुन नसक्ने गरी पारिवारिक सञ्जालमा जाकी दिन्छ । हामी महिला हिंसाका अरू घटना श्रृङ्खलाबद्घ ढङ्गले एकपछि अर्को प्रकट भइरहेकै देख्छौँ । भर्खरै मात्र पनि ललितपुरमा हेमा श्रेष्ठलाई बच्चा बोकेकै अवस्थामा प्रहरी अधिकृतले नै निर्घात लाठी चार्ज गरेको दृश्य सामाजिक सञ्जालमा व्यापक भाइरल बनिरहेकै छ । महिलालाई निकृष्ट सोचेर गरिने हरेक किसिमका मानसिक एवम् भौतिक आक्रमण अन्ततोगत्वा महिला हिंसा नै हुन जसले महिलालाई सधैँ पछि पारिरहन्छ । यसलाई समाजबाट निर्मूल पार्नैपर्दछ ।

महिलालाई सताइरहने केही सवालहरू

नारीहरू जुनसुकै चुनौतीको सामना गर्न सक्षम छन् । उनीहरू केहीमा पनि कम छैनन् भने देश हाँक्न किन सक्दैनन् ? एक चोटि ठाउँ दिएर हेर्नुहोस् नारीले देशमा आमूल परिवर्तन ल्याउन सक्छन् । नारीहरूलाई सधैँ पछाडि पारी राख्न उनीहरूको चरित्रको कपोलकल्पित चित्रण होइन कि बरू उनीहरूसँगै मिलेर देश बनाउने चित्र कोरे फेरिन्छ देशको मुहार र सप्रिन्छ राजनीति । जबसम्म नारीलाई कुनै स्थान दिइँदैन तबसम्म नारी अत्याचार रोकिँदैन र देश पनि बन्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?