advertisement

कात्तिक १४ गते पक्राउ गरिएका केशरीलाई कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको थियो। केशरीलाई पक्राउ गरेको १० दिनपछि अर्का अभियुक्त मण्डललाई पनि प्रहरीले पक्राउ गरेको थियो।

भारतीय नागरिक भारत महाराजगंज अमरपुर्वन वडा नम्बर ६ का केशरीले कंसाकारलाई २०७० साल बैशाख ९ गते कंसाकारको पसलमा गएर एसिड प्रहार गरी फरार भएका थिए। एसिड प्रहार गरेपछि भाग्न सहयोग गरेको अभियोगमा मण्डललाई पक्राउ गरिएको थियो।

" /> विन्दावासिनी एसिड प्रकरण : तेजाब छ्याप्‍नेलाई ८ वर्ष जेल, १ करोड जरिवाना - Sarbocha Media

विन्दावासिनी एसिड प्रकरण : तेजाब छ्याप्‍नेलाई ८ वर्ष जेल, १ करोड जरिवाना

`

     २०७६ फाल्गुन १५ गते ३:२०

हेटौँडा, १५ फागुन । हेटौँडाकी विन्दबासिनी कंसाकारलाई एसिड प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई ८ वर्ष कैद सजायको फैसला भएको छ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको एकल इजलासले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दाअन्तर्गत केशरीलाई ८ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो।

त्यस्तै, मतियारको रूपमा रहेको सञ्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैयाँ जरिवानाको फैलसा गरेको छ। त्यस्तै, अदालतले केशरीबाट पीडित पक्षलाई १ करोड १४ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश गरेको तहसिलदार तुल्सी लामिछानेले जानकारी दिए।

advertisement

कात्तिक १४ गते पक्राउ गरिएका केशरीलाई कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको थियो। केशरीलाई पक्राउ गरेको १० दिनपछि अर्का अभियुक्त मण्डललाई पनि प्रहरीले पक्राउ गरेको थियो।

भारतीय नागरिक भारत महाराजगंज अमरपुर्वन वडा नम्बर ६ का केशरीले कंसाकारलाई २०७० साल बैशाख ९ गते कंसाकारको पसलमा गएर एसिड प्रहार गरी फरार भएका थिए। एसिड प्रहार गरेपछि भाग्न सहयोग गरेको अभियोगमा मण्डललाई पक्राउ गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?