advertisement

गत माघ २८ गते प्रहरी महानिरीक्षकहरु पुष्कर कार्की, ठूले राई र धीरु बस्नेतले अवकाश पाएपछि रिक्त स्थानमा यी ३ जनालाई सिफारिस गरिएको हो।

त्यसपछि थापा र पालमध्येबाट प्रहरी महानिरीक्षक चयन हुनेछन्। एआईजीको बढुवा दौडमा यी तीनबाहेक नीरज शाही, प्रधुम्‍नकुमार कार्की, सूर्य उपाध्याय र विश्वराज पोखरेल प्रतिस्पर्धामा थिए।

" /> लम्साल, थापा र पालकाे नाम एआईजीमा सिफारिस - Sarbocha Media

लम्साल, थापा र पालकाे नाम एआईजीमा सिफारिस

`

     २०७६ फाल्गुन १५ गते १:२५

काठमाडौं, १५ फागुन ।  गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त ३ अतिरिक्त महानिरीक्षक(एआईजी)मा तारणी लम्साल, शैलेश थापा क्षत्री र हरि पाललाई सिफारिस गरेको छ । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले प्रहरी नायब निरीक्षक (डीआईजी)त्रय लम्साल, क्षेत्री र पाललाई एआईजीमा सिफारिस गरेको हो ।

यीमध्ये लम्साल प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीका ‘ब्याची’हुन्। लम्सालले आगामी असार २५ गतेबाट अवकाश पाउँदैछन्।थापा र पाल २०४९ सालमा सेवा प्रवेश गरेका थिए।

advertisement

गत माघ २८ गते प्रहरी महानिरीक्षकहरु पुष्कर कार्की, ठूले राई र धीरु बस्नेतले अवकाश पाएपछि रिक्त स्थानमा यी ३ जनालाई सिफारिस गरिएको हो।

त्यसपछि थापा र पालमध्येबाट प्रहरी महानिरीक्षक चयन हुनेछन्। एआईजीको बढुवा दौडमा यी तीनबाहेक नीरज शाही, प्रधुम्‍नकुमार कार्की, सूर्य उपाध्याय र विश्वराज पोखरेल प्रतिस्पर्धामा थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?