जुम्ला, १५ फागुन । जुम्लामा घरपालुवा जनावरहरुमा पनि कर लगाउने थालेपछि स्थानीयले विरोध गरेका छन् ।
जुम्लाको गुठीचौर गाउँपालिकाले कुकुर र विरालो पाले २५ रुपैयाँका दरले कर बुझाउनुपर्ने नियम बनाएको छ । कुकुर र विरोलोमा मात्र होइन, गाई–भैंसी, हात्ति, घोडा, खच्चडमा पनि कर तिर्नुने भएको छ।

गाई–भैंसी उपचार गर्दा २० रुपैयाँ, भेडा–बाख्रा १० रुपैयाँ, हात्ती, घोडा, खच्चड ५० रुपैयाँ , कुखुरा, हाँस १० रुपैयाँ र कुकुर–बिरालो २५ रुपैयाँ कर तिर्नु पर्ने जनाइएको छ । गाउँपालिकाको सो निर्णयले स्थानीयमा पीडा थपिएको छ।




