काठमाडौं, १५ फागुन । पछिल्लो समय सुनको मूल्यमा घट्ने र बढ्ने प्रकृया चलिरहेको छ । यस्तै हिजो बुधबार घटेको सुनको मूल्य आज भने बढेको छ ।
सुनको भाउ बिहीबार तोलामा दुई सय रुपैयाँले बढेर प्रतितोला ७९ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बुधबार तोलामा पाँच सय रुपैयाँ घटेर सुन तोलाको ७९ हजार पाँच सय रुपैयाँ थियो ।

सुनको भाउ बढे पनि चाँदीको भाउ भने बिहीबार तोलामा ५ रुपैयाँ घटेर तोलाको नौ सय रुपैयाँमा कारोबार भइरहेको बताइएको छ ।




