एजेन्सी, १५ फागुन । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण इटालीमा ८० बाट ४०० पुगेको जनाइएको छ। बितेका २४ घण्टामा इटालीमा यो दर २५ प्रतिशतले बढेको हो।
बुधबार विश्व स्वास्थ्य संगठनले चीनबाहिर पहिलो पटक इटालीमा तीव्र गतीमा कोरोना संक्रमणको इटालीमा फैलिएको जनाएको छ।
हालसम्म चीनमा मात्रै ३२ हजार पाँच सय सात जना र चीन बाहिर तीन सय १० जना कोरोना सङ्क्रमित उपचारपछि घर फर्किएका छन् ।कोरोनाका कारण २८ सय चार जनाको ज्यान गएको र ८२ हजार एक सय ६६ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।
कोरोनाभाइरसका कारण हालसम्म इटालीमा १२ जनाको मृत्यु भइसकेको छ। यसको संक्रमण इटालीको मिलान शहर वरपर र भेनिस नजिकको भेनेटोमा ज्यादा देखिएको छ।

संक्रमण बढेपछि इटालीको सरकारले ती क्षेत्रका स्कूल, विश्व विद्यालय तथा सिनेमाघरहरू बन्द गर्नुका साथै अन्य सार्वजनिक कार्यक्रमहरू स्थगीत गरेको छ। ११ शहरका ५५ हजार नागरिकलाई उसले क्वाराइनमा राखेको छ।




