advertisement

बालक मिजारकै दिदी सीमा मिजारलाई जिम्मा लगाइएको छ । त्यस्तै हराएका अर्का रौतहट जिल्ला घर भएका ११ वर्षिय आकाश यादव आफ्नो काकाको घर विदुरमा बसोबास गर्दै आइरहेका थिए । उनी
सोमबार बिहान ७ बजेदेखि सम्पर्कविहीन भएका थिए ।

" /> बेपत्ता दुई बालकको उद्धार - Sarbocha Media

बेपत्ता दुई बालकको उद्धार

`

     २०७६ फाल्गुन १५ गते ५:१३

नुवाकोट, १५ फागुन । नुवाकोटका बेवारिसे अवस्थामा भेटिएका दुई बालबालिकाहरुको प्रहरीले उद्धार गरेको छ । उद्धार गरिएका उनीहरुका आफन्तालाई जिम्म लगाइएको छ।

नुवाकोटको विदुर नगरपालिका– २ र ४ बस्ने दुई बालक केही दिनदेखि बेपत्ता भई हराइरहेका थिए । उनीहरु बेवारिसे अवस्थामा बुधबार फेला पारी उद्धार गरिएका प्रहरीले जनाएको छ।

विदुर वडा न ४ मा ५ वर्षीय बालक बेवारिसे अवस्थामा मगंलबार बिहान बट्टारको सगंमचोकमा फेला परेको बताइएको छ । आफूलाई प्रकाश मिजार नाम बताउने बालकका आफन्त खोजी गर्दा बट्टारमा बसोबास गर्दै आएको अनुसन्धानबाट खुलेको हो ।

advertisement

बालक मिजारकै दिदी सीमा मिजारलाई जिम्मा लगाइएको छ । त्यस्तै हराएका अर्का रौतहट जिल्ला घर भएका ११ वर्षिय आकाश यादव आफ्नो काकाको घर विदुरमा बसोबास गर्दै आइरहेका थिए । उनी
सोमबार बिहान ७ बजेदेखि सम्पर्कविहीन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?