ह्वान चिनहाइको नेतृत्वको टोलीले विकास गरेका सो ‘भ्याक्सिन’ले कोरोनाको भाइसरलाई मानिसको शरीरको भित्री मांसपेसीसम्म जानबाट रोक्ने तहलाई सक्रिय बनाउनुको साथै संक्रमण हुनबाट रोक्ने उनले बताएका छन् ।

यस्तै यसले संक्रमितको उपचारमा समेत सहयोग पुग्ने जनाइको छ । भ्याक्सिन पत्ता लगाउने थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइ ‘भ्याक्सिन’को विकाससँगै सो विश्वविद्यालयले औषधिलाई क्लिनिकल परीक्षण र धेरै मात्रामा ‘भ्याक्सिन’ उत्पादन गर्न साझेदारको खोजी गरीरहेको बताइएको छ।

प्रोफेसर ह्वान चिनहाइको नेतृत्वमा रहेको टोलीले ‘क्याप्सुल’का रुपमा केही नमुना चक्कीहरू तयार गरेको र उनीहरू ‘भ्याक्सिन’ निर्माणमा महत्वपूर्ण मानिएको प्रोटिनको पुनर्मिलन हुने क्षमता, निर्माण तथा खण्डीकरण प्रणालीलाई प्रभाव पार्न सक्ने प्रविधिको विकास गर्न सफल भएका छन् ।

मंगलबार बिहानसम्ममा चीनमा मात्रै कोरोना संक्रमणबाट २ हजार ६ सय ६३ जना मृत्यु भइसकेको छ । त्यस्तै विश्वभर २७ सय १ जनाको मृत्यु भएइसकेको तथ्यांक आएको छ ।

advertisement

त्यसैगरी चीनपछि सबैभन्दा कोरोना प्रभावित मुलुक दक्षिण कोरियमा ११ जनाको मृत्यु भएको छ । मंगलबार साँझसम्म ११ मानिसको मृत्यु भएको हो भने ९ सय ७७ जनामा यसको संक्रमण देखिएको छ ।
त्यस्तै इरानमा पनि कोरोना भाइरसबाट १२ जनाको मृत्यु भएको छ, भने अरु ४७ जनामा पनि यसको सङ्क्रमण देखिएको जनाइएको छ ।

" /> चीनले नै विकास गर्याे कोरोना भाइरसविरुद्धको ‘भ्याक्सिन’ - Sarbocha Media

चीनले नै विकास गर्याे कोरोना भाइरसविरुद्धको ‘भ्याक्सिन’

`

     २०७६ फाल्गुन १४ गते ५:३६

काठमाडौं, १४ फागुन । चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस अर्थात (कोभिड –१९) विश्वभर नै फैलिएको छ । चीनमा तीव्र गतीमा फैलिरहेको कोरोना भाइरस संक्रमण दक्षिण कोरिया, इरान, जापानलगायतका देशहरुमा पनि ह्वात्तै बढेकाे छ ।

अहिले कोरोना भाइरस ३६ वटा भन्दा बढी मुलुकमा फैलिएको जनाइएको छ । यसरी विश्वभर फैलिदै गएको भाइरसविरुद्धको औषधि चीनकै एक डाक्टरले विकास गरेका छन् । भाइरस नियन्त्रणका लािग चीनकै डाक्टरले कोरोना विरुद्धको ‘भ्याक्सिन’ विकास गरेका हुन् ।

थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको नेतृत्वमा रहेको एक टोलीले सो भ्याक्सिन विकास गरेका चीनको अंग्रेजी दैनिक अखबार ग्लोबल टाइम्समा उल्लेख छ । यो भ्याक्सिन मुखबाट लिन सकिने जनाइएको छ ।

परिक्षणका लागि सुरुमा ह्वान चिनहाइ आफैँले सो ‘ट्याबलेट’को चार डोज प्रयोग गरेका थिए । उनले प्रयोग गर्दा उक्त ‘ट्यावलेट’ले कुनै साइड इफेक्ट नदेखाएको बताइएको छ ।

ह्वान चिनहाइको नेतृत्वको टोलीले विकास गरेका सो ‘भ्याक्सिन’ले कोरोनाको भाइसरलाई मानिसको शरीरको भित्री मांसपेसीसम्म जानबाट रोक्ने तहलाई सक्रिय बनाउनुको साथै संक्रमण हुनबाट रोक्ने उनले बताएका छन् ।

यस्तै यसले संक्रमितको उपचारमा समेत सहयोग पुग्ने जनाइको छ । भ्याक्सिन पत्ता लगाउने थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइ ‘भ्याक्सिन’को विकाससँगै सो विश्वविद्यालयले औषधिलाई क्लिनिकल परीक्षण र धेरै मात्रामा ‘भ्याक्सिन’ उत्पादन गर्न साझेदारको खोजी गरीरहेको बताइएको छ।

प्रोफेसर ह्वान चिनहाइको नेतृत्वमा रहेको टोलीले ‘क्याप्सुल’का रुपमा केही नमुना चक्कीहरू तयार गरेको र उनीहरू ‘भ्याक्सिन’ निर्माणमा महत्वपूर्ण मानिएको प्रोटिनको पुनर्मिलन हुने क्षमता, निर्माण तथा खण्डीकरण प्रणालीलाई प्रभाव पार्न सक्ने प्रविधिको विकास गर्न सफल भएका छन् ।

मंगलबार बिहानसम्ममा चीनमा मात्रै कोरोना संक्रमणबाट २ हजार ६ सय ६३ जना मृत्यु भइसकेको छ । त्यस्तै विश्वभर २७ सय १ जनाको मृत्यु भएइसकेको तथ्यांक आएको छ ।

advertisement

त्यसैगरी चीनपछि सबैभन्दा कोरोना प्रभावित मुलुक दक्षिण कोरियमा ११ जनाको मृत्यु भएको छ । मंगलबार साँझसम्म ११ मानिसको मृत्यु भएको हो भने ९ सय ७७ जनामा यसको संक्रमण देखिएको छ ।
त्यस्तै इरानमा पनि कोरोना भाइरसबाट १२ जनाको मृत्यु भएको छ, भने अरु ४७ जनामा पनि यसको सङ्क्रमण देखिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?