advertisement

बुधबार पानी पार्ने प्रणाली कमजोर हुँदै गए पनि बिहीबार फेरि अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले देशभरिकै मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद्को भनाइ छ । यसैबीच प्रिमनसुनी गतिविधि सुरु भएकाले अब दिउँसोपछि हुरिबतास पनि चल्न थाल्ने जनाइएको छ ।

" /> आज काठमाडौं उपत्यकाको मौसम धुम्म, केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना - Sarbocha Media

आज काठमाडौं उपत्यकाको मौसम धुम्म, केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना

`

     २०७६ फाल्गुन १४ गते २:४९

काठमाडौं, १४ फागुन । आज (बुधबार) विहानदेखि नै काठमाडौं उपत्यकाको मौसम धुम्म भएको छ । हिजो उपत्यकामा विहानको मौसम सफा रहे पनि बेलुका भने पानी परेको थियो । अझैँ केही स्थानमा हावा हुरी, वर्षा, चट्याङ र हिमाली भेगमा हिमपात हुने जनाइएकाे छ ।

देशका केही स्थानहरुमा केही दिनसम्म पानि पर्ने मौसमविदले जनाएको छ। यस्तै मौसमविदका अनुसार आज मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना छ । मङ्गलबार र सोमबार पानी पारेको पश्चिमी वायु कमजोर हुँदै गएकाले पश्चिमको मौसम विस्तारै खुल्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार पश्चिमको मौसम खुले पनि मध्य र पूर्वका केही ठाउँमा भने चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद बताउँछन् ।

advertisement

बुधबार पानी पार्ने प्रणाली कमजोर हुँदै गए पनि बिहीबार फेरि अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले देशभरिकै मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद्को भनाइ छ । यसैबीच प्रिमनसुनी गतिविधि सुरु भएकाले अब दिउँसोपछि हुरिबतास पनि चल्न थाल्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?