advertisement

रेग्मीले प्रधानमन्त्रीको जन्मदिनमा नेपालको नक्सा काटेकोमा आपत्ति जनाइन्। ‘झन् प्रधानमन्त्रीले जन्म दिनमा नेपालको नक्सा आकारको केक बनाएर चकाचक काटेको देख्दा सारा नेपालीको मन दुखेको छ’, उनले भनिन्, ‘प्रधानमन्त्रीले नेपालको नक्सा आकारको केकमा चक्कु चलाएको देख्दा हामी अत्यन्त मर्माहित भएका छौँ।’

" /> नेपालको नक्सा आकारको केक बनाएर काट्दा सारा नेपालीको मन दुखेको छ : सांसद रेग्मी - Sarbocha Media

नेपालको नक्सा आकारको केक बनाएर काट्दा सारा नेपालीको मन दुखेको छ : सांसद रेग्मी

`

     २०७६ फाल्गुन १३ गते ९:५२

काठमाडौं, १३ फागुन ।  नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा गरिएको तडकभडकको आलोचना गरेकी छन्।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रेग्मीले पश्चिमाहरुको संस्कृतिको सिको गर्दै मनाइएको जन्मदिनले नेपालीको मन दुखेको बताइन्। उनले नेपालीहरुले भगवान् गणेशको पूजा गर्दै बत्ती बालेर जन्मदिन मनाउने गरेको सम्झाइन्।

‘हाम्रो संस्कृति अनुसार भगवान् गणेशको पूजा गरेर, बत्ती बालेर जन्मदिन मनाइन्छ’, उनले भनिन्, ‘हामीले जन्मदिन केक काटेर मनाउँदैनौं। प्रधानमन्त्रीले त एउटा होइन, चार चारवटा हेलिकोप्टर लगेर जन्मदिनमा तामझाम गरे।’

advertisement

रेग्मीले प्रधानमन्त्रीको जन्मदिनमा नेपालको नक्सा काटेकोमा आपत्ति जनाइन्। ‘झन् प्रधानमन्त्रीले जन्म दिनमा नेपालको नक्सा आकारको केक बनाएर चकाचक काटेको देख्दा सारा नेपालीको मन दुखेको छ’, उनले भनिन्, ‘प्रधानमन्त्रीले नेपालको नक्सा आकारको केकमा चक्कु चलाएको देख्दा हामी अत्यन्त मर्माहित भएका छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?