चीनको प्रवेशाज्ञा (भिसा) शुल्क डेढ गुणा बढ्याे

`

     २०७६ फाल्गुन १३ गते १:२६

काठमाडौं, १३ फागुन । चीनको प्रवेशाज्ञा (भिसा) शुल्क डेढ गुणा बढाइएको छ । चीनको भिसा लिँदा पनि बिचौलियामार्फत लिनुपर्ने भएको छ । चीनले दरबारमार्गस्थित राइजिङ मलमा बिचौलिया कम्पनीमार्फत सेवा दिन लागेको हाे ।

चार दिनभित्र भिसा पाउन दुई हजार २ सय रुपैयाँ लिँदै आएकोमा अब थप तीन हजार नौ सय बुझाउनुपर्नेछ । एक्सप्रेस २ मा थप पाँच हजार ६ सय ५० र एक्सप्रेस एकमा सात हजार आठ सय थप सेवा शुल्क लाग्ने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले दरबारमार्गस्थित राइजिङ मलमा बिचौलिया कम्पनीलाई छुट्टै भिसा आवेदन केन्द्र भनेको छ । चिनियाँ दूतावास बालुवाटारमा छ भने कन्सुलर शाखा हात्तीसारमा छ । यस्तै चिनियाँ भिसा शुल्कभन्दा सेवा शुल्क बढी तिर्नुपर्नेछ । चिनियाँसँग भने नेपालले भिसा शुल्क लिँदैन ।

चीन भ्रमणमा जाने नेपालीलाई सहज बनाउन यस्तो शैली अपनाइएको चिनियाँ दूतावासका अधिकारी बताउँछन् । दूतावासको कन्सुलर प्रमुख ली मिनले सेवामा हुने अवरोध हटाउन केन्द्र स्थापना गरिएको दाबी गरिन् । जनशक्ति र पर्याप्त स्थान अभाव हुँदा छुट्टै भिसा केन्द्र सञ्चालन गरिएको दूतावासको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?