advertisement

प्रधानमन्त्री नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा सभागृहमा आएका हुन् । पोखरा सभागृहमा सोमबार र मंगलबार प्रशिक्षण र बैठक बस्दैछ ।

" /> पोखरामा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जना नियन्त्रणमा - Sarbocha Media

पोखरामा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जना नियन्त्रणमा

`

     २०७६ फाल्गुन १२ गते ७:१७

पोखरा, १२ फागुन । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

४ जनालाई पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउने तयारी गर्दै नाराबाजी गरिरहेका समयमा नियन्त्रणमा लिएको जनाइएको छ। नियन्त्रणमा लिएका उनीहरु समाजवादी विद्यार्थीका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटालगायत ४ जनारहेका छन् ।

विद्यार्थीले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरण, यति होल्डिङ्सलाई सर्वाजनिक जग्गा उपलब्ध गराएको, नेकपा सरकार भष्ट्राचारमा लिप्त भएको लगायतका आरोप लगाउँदै नाराबाजी गरेका थिए ।

advertisement

प्रधानमन्त्री नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा सभागृहमा आएका हुन् । पोखरा सभागृहमा सोमबार र मंगलबार प्रशिक्षण र बैठक बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?