सो आचार संहिताको दोस्रो बुँदामा भनिएको छ, ‘जन्म दिन ब्रतबन्ध पास्नीजस्ता परम्परागत संस्कारहरुलाई घर परिवारमा मात्र सीमित गर्नुपर्छ ।’तर, प्रधानमन्त्री ओलीले आफ्नो जन्मोत्सव राजा महाराजाको शैलीमा तडक भडकपूर्ण किसिमले मनाएर आफ्नै पार्टीको आचारसंहिताको खिल्ली उडाइदिएका छन् ।

advertisement

पार्टीभित्र विधिविधान र नियम कानून सानालाई मात्र लागू हुन्छ भन्ने सन्देश प्रधानमन्त्रीको व्यवहारले देखाइदिएको छ ।

" /> प्रधानमन्त्रीको जन्मदिनमा नेपालको नक्सा आकारको १५ किलो केक, नेकपाको आचारसंहिता उल्लंघन - Sarbocha Media

प्रधानमन्त्रीको जन्मदिनमा नेपालको नक्सा आकारको १५ किलो केक, नेकपाको आचारसंहिता उल्लंघन

`

     २०७६ फाल्गुन १२ गते ६:२९

काठमाडौं, १२ फागुन । नेकपाका वरिष्ठतम अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मदिन नेपालको नक्सा आकारको १५ किलोको केक काटेर मनाएका छन् ।

तेह्रथुमस्थित पुर्ख्यौली घरमा नेपालको नक्सा आकारको १५ किलोको केक काटेर जन्मदिन मनाउँदा प्रधानमन्त्री चर्को विवादमा परेका छन् ।
उनको जन्मदिन आइतबार (फागुन ११ गते) थियो । उक्त दिन संघीय सरकारका तीनजना मन्त्री, प्रदेश– १ का मुख्यमन्त्री र अन्य प्रतिनिधि, स्थानीय सरकार, शिक्षक, बुद्धिजीवी, कर्मचारी र नातेदार लगायतको जमघट थियो ।

प्रधानमन्त्रीले जन्मदिनको दिन आफ्नै पार्टीले बनाएको आचारसंहिता उल्लंघन गरेका छन् । नेकपाले केन्द्रीय कमिटीको बैठक अघि गत माघ ५ गते कार्यकर्ताहरुमा एउटा सर्कुलर पठाएको थियो, जसमा ११ बुँदै आचारसंहिता पालना गर्न भनिएको थियो ।

सो आचार संहिताको दोस्रो बुँदामा भनिएको छ, ‘जन्म दिन ब्रतबन्ध पास्नीजस्ता परम्परागत संस्कारहरुलाई घर परिवारमा मात्र सीमित गर्नुपर्छ ।’तर, प्रधानमन्त्री ओलीले आफ्नो जन्मोत्सव राजा महाराजाको शैलीमा तडक भडकपूर्ण किसिमले मनाएर आफ्नै पार्टीको आचारसंहिताको खिल्ली उडाइदिएका छन् ।

advertisement

पार्टीभित्र विधिविधान र नियम कानून सानालाई मात्र लागू हुन्छ भन्ने सन्देश प्रधानमन्त्रीको व्यवहारले देखाइदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?