काठमाडौं, १२ फागुन । साताको दोस्रो दिन पनि सुनको भाउ बढेको छ । सुनको भाउ निरन्तर बढेर प्रति तोला ८० हजार ३ सय पुगेको छ।
आइतबार तोलामा ७८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ आज (सोमबार) प्रतितोलामा १ हजार २ सयले बढेर ८० हजार ३ सय पुगेको हो। सुनको मूल्य बढेर दैनिक नयाँ रेकर्ड बनाउँदै अघि बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार कोरोना भाइरसका कारण अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपालमा पनि निरन्तर बढिरहेको छ ।




