काठमाडौं, १२ फागुन । ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । बा ३८ प ८३५७ नम्बरको मोटरसाइकल ललितपुरको बालकुमारीमा आज बिहान दुर्घटना भएको हो
प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनामा काठमाडौं लाजिम्पाटका दिवसकिशोर भट्टराइ र ललिता राईको ज्यान गएको छ । आज बिहान ४ बजेतिर बालकुमारीमा सडकको रेलिङमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ।

भट्टराइ र राईको उपचारको क्रममा बीएण्डबी अस्पतालमा ज्यान गएको ताइएको छ ।




