काठमाडौं, ११ फागुन । टिक–टक भिडियो बनाएको अभियोगमा नेपाल प्रहरीका एक अधिकारीलाई कारबाही गर्ने भएको छ ।
बर्दीमै टिकटक भिडियो बनाएका सई रत्नबहादुर थापालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले कारबाही गर्ने भएको हो । प्रहरी आचरण विपरितको कार्य गरेको भन्दै उनीमाथि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले अनुसन्धान थालेको जनाइएको छ ।

भक्तपुरस्थित सुँडाल प्रहरी कार्यालयमा इञ्चार्जका रूपमा कार्यरत थापाको ठाउँमा महानगरमा कार्यरत सई राजु प्रसाईंलाई पठाइएको बताइएको छ।




