काठमाडौं, ११ फागुन । साताको पहिलो दिन सुनको भाउ उकालो लागेको छ । केही दिनयता निरन्तर उकालो लागेको सुनको भाउ आज पनि बढेको छ । सुनको भाउ आइतबार तोलामा सात सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७८ हजार आठ सय रुपैयाँ पुगेको छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ आज शनिबारको भन्दा १८ डलरले बढेर प्रतिऔंस १६ सय ४४ डलर पुगेको छ । प्रतिऔंसमा दुई तोला ६ मासा साढे ६ लाल सुन हुन्छ । अहिलेको अवस्था हेर्दा सुनको भाउ यही हप्ता नै तोलको ८० हजार पुग्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुमान रहेको छ ।




