काठमाडौं ११ फागुन । प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने ड्रोन भित्र्याइएको छ ।
ड्रोन भित्रिएपछि अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ । दाङको बेलझुण्डीमा शनिबारदेखि सुरु भएको प्रदेश एक्स्पोमा ड्रोन राखेको छ ।

आधुनिक शैलीबाट खेती गर्न उक्त ड्रोन भित्र्याएको प्रदेश नं ५ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती गिरीले जानकारी दिए।
ड्रोनबाट मल तथा विषादी छर्ने प्रविधि सबै किसानको घरमा पु¥याउने मन्त्रालयले योजना बनाएको जनाइएको छ । एक्स्पोमा प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तु पनि राखिएको छ ।



