advertisement

घाइते भएका उनीहरु सीमा प्रहरी चौकी मठियामा कार्यरत असइ गोविन्द यादव, गौर बसपार्कमा कार्यरत असइ मनोज सिंह, औरैयामा कार्यरत असइ विश्वनाथ प्रसाद यादव, बेलबिछवामा कार्यरत असइ हृदय प्रसाद यादव र भ्यान चालक जवान सरोज यादव छन्।

घाइतेमध्ये असइ गोविन्द र मनोजको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। अन्य घाइतेको नाम भने खुल्न बाँकी छ।

घाइतेहरुको उपचार चन्दनिगाहपुर अस्पतालमा भैरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भ्यानलाइ ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

" /> रौतहटमा प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिँदा ४ असईसहित ६ जना घाइते - Sarbocha Media

रौतहटमा प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिँदा ४ असईसहित ६ जना घाइते

`

     २०७६ फाल्गुन ११ गते ३:२१

रौतहट, ११ फागुन । रौतहटमा भ्यानलाई ट्रकले ठक्कर दिँदा ६ जना घाइते भएका छन्। घाइते हुनेमध्ये ४ जना नेपाल प्रहरीका असई रहेको बताइएको छ ।

पूर्व–पश्चिम राजमार्ग सडक खण्डअन्तर्गत पर्ने रौतहटको चन्द्रनिगाहपुरस्थित लमहा जंगलमा प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिँदा ६ जना घाइते भएका हुन् ।

नेपाल प्रहरीको ना १ झ १३३१ नम्बरको भ्यानलाई विपरीत दिशाबाट आउँदै गरेको ना६ख ८६२५ नम्बरको ट्रकले ठक्कर दिँदा सो भ्यानलाई ट्रकलाई ठक्कर दिएको जनाइएको छ। भ्यान आज आइतबार बाराको पथलैयामा नेपाल प्रहरीका संगठन प्रमुख आइजिपी ठाकुर प्रसाद ज्ञवालीको ब्रिफिङ कार्यक्रममा सहभागी हुनको लागि जिल्ला प्रहरी कार्यालय रौतहटबाट पथलैयातर्फ जाँदै गरेको थियो ।

advertisement

घाइते भएका उनीहरु सीमा प्रहरी चौकी मठियामा कार्यरत असइ गोविन्द यादव, गौर बसपार्कमा कार्यरत असइ मनोज सिंह, औरैयामा कार्यरत असइ विश्वनाथ प्रसाद यादव, बेलबिछवामा कार्यरत असइ हृदय प्रसाद यादव र भ्यान चालक जवान सरोज यादव छन्।

घाइतेमध्ये असइ गोविन्द र मनोजको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। अन्य घाइतेको नाम भने खुल्न बाँकी छ।

घाइतेहरुको उपचार चन्दनिगाहपुर अस्पतालमा भैरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भ्यानलाइ ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?