बैतडी, ११ फागुन । बैतडीमा जिप दुर्घटना हुँदा २ जाना घाइते भएका छन् । जिप दुर्घटना जिल्लाको पाटन नगरपालिका ३ स्थित धुरा भन्ने स्थानमा शनिबार राति भएको हो ।
से १ ज २१३ नं को जिप दुर्घटना हुँदा पाटन नगरपालिका ८ आरुबाटाका अन्दाजी २६ वर्षीय गणेश महरा र पाटन ८ कै रिसेडीका अन्दाजी २३ वर्षीय चालक लोकेश मडै घाइते भएका हुन ।

शनिबार राति ११ बजे पाटन ३ धुरा भन्ने ठाँउबाट फर्किने क्रममा दुर्घटनामा परेको बताइएको छ । घाइते मडै र महरालाई डडेल्धुरा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको जनाइएको छ ।




