नवलपुर, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसमेत एमसीसी सम्झौता परिमार्जन गर्ने पक्षमा रहेको बताइएको छ।
अध्यक्ष नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसमेत एमसीसीलाई परिमार्जन गर्ने पक्षमा रहेको बताएका हुन् । नेकपा गण्डकी प्रदेशको आन्तरिक कार्यक्रममा सहभागी हुन शनिबार बिहान नवलपुर आइपुगेका अध्यक्ष प्रचण्डले सो कुरा बताएका छन् ।

विहीबार बालुवाटारमा अमेरिकी सांसदहरुको टोलीलाई एमसीसी सम्झौता परिमार्जन नै गर्न नसकिने बाइबल होइन भन्ने जवाफ प्रधानमन्त्री ओलीले दिएको अध्यक्ष प्रचण्डले बताए ।




