advertisement

पीडित महिला र आरोपी पटेलको जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण समेत भईसकेको जनाइएको छ। दुईबर्षदेखि पटेल बिवाह गर्ने प्रलोभन देखाएर आफुलाई पटक–पटक यौनशोषण गरेको पीडितले बताएकी छन्।

पटेलले करणी गरेको पीडित तीन महिनाको गर्भवती रहेको स्रोतले जनाएको छ। यसअघि एकबर्ष पहिले पनि पटेलकै गर्भ बसेको र विभिन्न डरत्रास देखाएर औषधी सेवन गर्न लगाएर गर्भ तुहाउन लगाएको उनले अभियोग लगाएकी छन् ।

" /> सहकर्मीमाथि पटक–पटक जबरजस्ती करणी गर्ने चिकित्सक(अहेब) नियन्त्रणमा - Sarbocha Media

सहकर्मीमाथि पटक–पटक जबरजस्ती करणी गर्ने चिकित्सक(अहेब) नियन्त्रणमा

`

     २०७६ फाल्गुन १० गते ६:४२

रौतहट, १० फागुन । रौतहटमा आफनै क्लिनिककी महिला सहकर्मीलाई पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा एकजना चिकित्सक(अहेब) लाई नियन्त्रणमा लिएको छ।

जबरजस्ती करणीको आरोपमा नियन्त्रणमा लिउको उनी मौलापुर नगरपालिका ५ घरभई गरुडा हाल ४ स्थित अर्चना पोलीक्लिनिक एवं रिसर्च सेन्टर सञ्चालन गर्दैआएका ३५ बर्षिय श्यामशुन्दर पटेललाई रहेको प्रहरीले बताएको छ ।

पीडित महिलाले अहेव पटेलमाथी जबरजस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरेपछि उनलाई जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाइएको छ।

advertisement

पीडित महिला र आरोपी पटेलको जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण समेत भईसकेको जनाइएको छ। दुईबर्षदेखि पटेल बिवाह गर्ने प्रलोभन देखाएर आफुलाई पटक–पटक यौनशोषण गरेको पीडितले बताएकी छन्।

पटेलले करणी गरेको पीडित तीन महिनाको गर्भवती रहेको स्रोतले जनाएको छ। यसअघि एकबर्ष पहिले पनि पटेलकै गर्भ बसेको र विभिन्न डरत्रास देखाएर औषधी सेवन गर्न लगाएर गर्भ तुहाउन लगाएको उनले अभियोग लगाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?