बाजुरा, १० फागुन । बाजुरामा प्रेसरकुकर बम फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाजुरालाई लक्षित गरी प्रेसरकुकर बम राखिएको फेला परेको हो । बम हिजो राति करिब १० बजेतिर राखिएको बताइएको छ।

बम फेला परेपछि डिस्पोज (निस्क्रिय) गर्न नेपाली सेनाको समरजित गुल्मको बम डिस्पोजल टोली घटना स्थलमा खटिएको छ ।
बम कसले र किन राखेको भन्नेबारे खुलिनसकेको जनाइएको छ।




