सोलुखुम्बु, फागुन १० । सोलुखुम्बुको एउटै खोलामा छ वटा विद्युत् आयोजना सञ्चालन एको छ ।
विद्युत् आयोजना कुनै पूरा भए भने कुनैमा धमाधम काम भइरहेको छ । सदरमुकाम सल्लेरीमुनि भएर बग्ने सोलुखोलामा सानादेखि ठूला जलविद्युत् आयोजनाका कारण सोलुखुम्बुलाई मात्र नभइ देशलाई नै जलविद्युत्मा योगदान दिन सक्ने बताइएको छ।
सोलुखोलामा मात्र २१५ मेगावाट विद्युत् उत्पादन हुने गरी पाँचवटा जलविद्युत् आयोजना धमाधम निर्माणको प्रक्रियामा छन् भने एउटा जलविद्युत् आयोजना तीन दशकदेखि सञ्चालनमा छ ।

सोलुखोलाअन्तर्गत सबैभन्दा सिरानमा निर्माण भइरहेको पाँच दशमलव दुई मेगावाटको जुनबेँसी खोला जलविद्युत् आयोजना छ ।
त्यसैगरी दोस्रोमा १८ मेगावाटको बेनीखोला जलविद्युत् आयोजना हो भने तेस्रोमा २३.५ मेगावाटको अपरसोलु विद्युत् आयोजना, चौथोमा ८२ मेगावाटको तल्लो सोलु जलविद्युत् आयोजना र पाँचौँमा ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी विद्युत् आयोजना छ ।




