advertisement

यो प्रणाली बेलुकीदेखि कमजोर हुने भएकाले राति पहाडी क्षेत्रको मौसम आंशिक बदली भएपनि अरु ठाउँको मौसम सामान्यतया सफा हुने बताइएको छ ।

" /> देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना - Sarbocha Media

देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

`

     २०७६ फाल्गुन १० गते ४:३३

काठमाडौं, १० फागुन । मुलुकका विभिन्न स्थानमा पानी र हिमाली भेगमा हिउँपर्ने भएको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा पानी र हिमाली भेगमा हिउँपर्ने भएको हो ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार आज पूर्व मध्य र पश्चिमका केही ठाउँमा पानी पर्ने छ । हिजो देशका विभिन्न स्थानामा हिउँ र पानी परेको र पश्चिमी वायु पूर्व पुगेकाले आज मध्य र पश्चिमको तुलनामा पूर्वका धेरै स्थानमामा पानी पर्ने सम्भावना रहेको महाशाखाले बताएको छ ।

advertisement

यो प्रणाली बेलुकीदेखि कमजोर हुने भएकाले राति पहाडी क्षेत्रको मौसम आंशिक बदली भएपनि अरु ठाउँको मौसम सामान्यतया सफा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?