काठमाडौं, १० फागुन । पुशपतिनाथ मन्दिरको महाशिवरात्रिमा सजाएको फूल हराएको छ।
गमलाहरुको फूल र झुण्डाएर राखिएको फूल हराएको जनाइएको छ । फूल बाँदरबाट जोगिए पनि मानिसबाट जोगिएन । सजाइएका फूल चोरी भएको यो घटना पहिलो भने होइन ।

यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको बेला तीनकुनेको सडकमा सजाइएका फूल र दुबोसमेत चोरी भएको थियो ।
त्यसपछि सशस्त्र प्रहरीको उपत्यका बाहिनीले फूलको सुरक्षाका लागि टोली नै परिचालन गरेको थियो ।




