advertisement

त्यसपछि कहिले
मुसकुराएन नियति
सुनिएन हाँसोको गुँज
अहिले पनि फूल्छ जिन्दगी
रङ्गविनाको
लहराउछ बाला
स्वामित्व बिनाको ।

परिधि सागुँरे सँगै
मौन भएको हो उ
धारिला हतियार
बोटमा लाग्दै गर्दा
माया मारेको हो उसले
तम्सुक सँगै
माटो अलग्गिदै गर्दा
चित्त बुझाएको हो
विद्रोहको आवान
माटो बाट आउन थालेसँगै
अलग्गिएको हो
बोटका हाँगाहरुमा
मान्छे फल्न थालेसँगै
सुन्यता भित्र हराएको हो उ ।

ए धर्ती पुत्र,
कहाँ गयो तिम्रो
इन्द्रणिको रङ्ग ल्याउने साहस
मरभूमिमा कुवा खन्ने हिम्मत
मधुमास ल्याउने हाँसो
विश्व जित्ने भाइचाराको हतियार
ए भन्न मलाई
माटोमा माया रोपि
जिन्दगी फलाउने आँट

" /> कविता : हराएको माटो - Sarbocha Media

कविता : हराएको माटो

`

     २०७६ फाल्गुन १० गते ३:२४
  • पुनम घिमिरे

हर बोटमा यसरी फूले जिन्दगी
खुसी फूलेसँगै
हर बालासँगै झुल्यो पसिना
हर गेडामा बास आयो जिन्दगी
माया मिसिएसँगै ।

बटुल्दै गर्दा ती बालाहरु
हाँसेको थियो सायद
बसन्तलाई मदहोश पारी
धेरै पहिला
अझै बाँकी छ यो मनमा
हाँसोको धङधङी
महसुस गरेकी थिए
हाँसोको कम्पन
भनिन् छ नि
निभ्ने बेला बत्ती उज्यालो बल्छ ।

advertisement

त्यसपछि कहिले
मुसकुराएन नियति
सुनिएन हाँसोको गुँज
अहिले पनि फूल्छ जिन्दगी
रङ्गविनाको
लहराउछ बाला
स्वामित्व बिनाको ।

परिधि सागुँरे सँगै
मौन भएको हो उ
धारिला हतियार
बोटमा लाग्दै गर्दा
माया मारेको हो उसले
तम्सुक सँगै
माटो अलग्गिदै गर्दा
चित्त बुझाएको हो
विद्रोहको आवान
माटो बाट आउन थालेसँगै
अलग्गिएको हो
बोटका हाँगाहरुमा
मान्छे फल्न थालेसँगै
सुन्यता भित्र हराएको हो उ ।

ए धर्ती पुत्र,
कहाँ गयो तिम्रो
इन्द्रणिको रङ्ग ल्याउने साहस
मरभूमिमा कुवा खन्ने हिम्मत
मधुमास ल्याउने हाँसो
विश्व जित्ने भाइचाराको हतियार
ए भन्न मलाई
माटोमा माया रोपि
जिन्दगी फलाउने आँट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?